बाँके काँग्रेस प्रदेशसभा क्षेत्र निर्वाचन : संस्थापन पक्ष बलियो

बाँके, ५ मंसिर, २०७८ ।


बाँकेमा नेपाली काँग्रेसको संस्थापन पक्ष बलियो देखिएको छ । मत परिणाम सार्वजनिक भएका चार वटै प्रदेशसभा क्षेत्रको सभापतिसहित पदाधिकारीमा संस्थापन पक्षले जितेका छन् । कुल ६ वटा प्रदेश सभा क्षेत्र भएकोमा चार वटा प्रदेशसभा क्षेत्रमा संस्थापन पक्षिय उम्मेदवारले जितेको दावी गरिएको छ । निर्विरोध निर्वाचित भएका प्रदेशसभा क्षेत्र नं. ३ (क) र (ख) का सभापति संस्थापन (देउवा) पक्षका हुन् ।
एक पदमा एक जनाको मात्र उम्मेदवारी परेपछि पदाधिकारी सहित कार्यसमिति र प्रदेश प्रतिनिधी निर्विरोध निर्वाचित भएका हुन् । प्रदेशसभा क्षेत्र नं. ३ (क) को सभापतिमा केशवकुमार शाह निर्विरोध निर्वाचित भएको का मतदान अधिकृत विश्वजित तिवारीले जानकारी दिए ।
यस्तै, प्रदेश सभा क्षेत्र नं. ३ (ख) को सभापतिमा निर्विरोध निर्वाचित भएका राजेन्द्रकुमार आचार्य पनि संस्थापन पक्षका हुन् । उप–सभापतिमा संस्थापन पक्षका राजकिशोर महतरा (क्षेत्री) र राममनोरत अहिर, सचिवमा खेमराज बर्मा र कृष्णबहादुर गौतम तथा सह–सचिवमा विवेक मल्ल र नुरुल अलि इद्रीसी निर्वाचित भएको मतदान अधिकृत बिक्रम भण्डारीले जानकारी दिए ।
यसैगरी, बाँके प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) को सभापतिमा लक्ष्मण थारु निर्वाचित भएका छन् । उनी पनि संस्थापन पक्षका हुन् ।


निर्वाचित भएका लक्ष्मणले एक सय २५ मत पाउँदा उनका निकतम प्रतिद्वन्द्वी जुगलाल थारुले एक सय १४ मत पाए । पदाधिकारी सबैमा लक्ष्मणकै प्यानल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । दुई सय ५० मतदाता रहेको प्रदेशसभा क्षेत्र नं. १ (क) मा दुई सय ४४ मत खसेको थियो ।
त्यसैगरी, आइतवार भएको प्रदेशसभा क्षेत्रको निर्वाचनमा प्रदेशसभा क्षेत्र नं. २ (ख) को सभापतिमा संस्थापन पक्षका जितेन्द्रबहादुर हमाल निर्वाचित भएका छन् । आइतवार भएको निर्वाचनमा उनले प्रतिष्पर्धी अकवर अली दर्जीलाई पराजित गरेका हुन् । हमालले एक सय ५२ मत पाउँदा दर्जीले ६४ मत पाए ।
पदाधिकारी सबैमा हमालकै प्यानल निर्वाचित भएका छन् । उपसभापतिमा अभिषेककुमार श्रेष्ठ र सुभाषचन्द्र गुप्ता, सचिवमा गोकर्णबहादुर शाही र फैयाज हुसैन हल्वाई निर्वाचित भएको मतदान अधिकृतले जनाएका छन् । सहसचिवमा राजकुमार बाल्मिकी र विजयविक्रम शाह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । कुल दुई सय ३० मतदाता रहेको प्रदेशसभा क्षेत्र नं. २ (ख) मा दुई सय २३ मत खसेको उनले बताए ।

Previous articleबाँके काँग्रेस निर्वाचन : दुई प्रदेश सभा क्षेत्रका पदाधिकारी निर्विरोध निर्वाचित
Next articleबाँके काँग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र : संस्थापन पक्षले चार र इतर पक्षले दुई प्रदेशसभा क्षेत्रमा विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here