बाँके काँग्रेस निर्वाचन : दुई प्रदेश सभा क्षेत्रका पदाधिकारी निर्विरोध निर्वाचित

बाँके, ५ मंसिर, २०७८ ।


नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको वडा, पालिका र प्रदेश सभा क्षेत्रको पदाधिकारीका लागि धेरैले दावेदारी गरे पनि प्रदेश सभा क्षेत्र नं. ३ (क) र (ख) मा धेरैले चाहना नदेखिएपछि पदाधिकारी सहित कार्यसमिति सदस्य र प्रदेश सभा प्रतिनिधि निर्विरोध भएका छन् । एक पदमा एक जनाको मात्र उम्मेदवारी परेपछि पदाधिकारी सहित कार्यसमिति र प्रदेश प्रतिनिधी निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश सभा क्षेत्र नं. ३ (क) को सभापतिमा केशवकुमार शाह निर्विरोध निर्वाचित भएको का मतदान अधिकृत विश्वजित तिवारीले जानकारी दिए ।
उपसभापतिमा कन्हैलाल थारु र फरिरुद्धिन हल्वाई, सचिवमा धिरेन्द्रसिंह ठकुरी र निखिल बैगार तथा सह–सचिवमा नवराज रावल र तियाराम धोबी निर्विरोध निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधितर्फ खुल्ला र समावेशी कोटामा पनि सबै निर्विरोध निर्वाचित भएको तिवारीले जानकारी दिए ।
यस्तै, प्रदेश सभा क्षेत्र नं. ३ (ख) को सभापतिमा राजेन्द्रकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । उप–सभापतिमा राजकिशोर महतरा (क्षेत्री) र राममनोरत अहिर, सचिवमा खेमराज बर्मा र कृष्णबहादुर गौतम तथा सह–सचिवमा विवेक मल्ल र नुरुल अलि इद्रीसी निर्वाचित भएको मतदान अधिकृत बिक्रम भण्डारीले जानकारी दिए ।

Previous articleएपीएफका किरणसिंह बोगटीलाई नेपालगन्ज म्याराथनको उपाधी
Next articleबाँके काँग्रेस प्रदेशसभा क्षेत्र निर्वाचन : संस्थापन पक्ष बलियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here