एपीएफका किरणसिंह बोगटीलाई नेपालगन्ज म्याराथनको उपाधी

बाँके, ४ मंसिर, २०७८ ।


सशस्त्र प्रहरी वल (एपीएफए) क्लवका किरणसिंह बोगटी सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी जितेका छन् । उनी नेपालमा हालै भएको १३ साग प्रतियोगितामा स्वर्ण पदक विजेत समेत हुन् ।
उनले निर्धारित ४२ किलोमिटर दूरी दुई घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरि नेपालगन्ज म्याराथनको उपाधी हात पारे ।
नेपालगन्जमा भएको म्याराथनमा नेपाली सेनाका नरेन्द्र रावल दोस्रो भए । उनले दुई घण्टा ३३ मिनेट २८ सेकेन्डमा दूरी पार गरे । त्यसैगरि,े स्थानमा नेपाली सेनाकै सन्तोष बिष्ट तृतिय भए । उनले दुई घण्टा ३३ मिनेट ३४ सेकेन्डमा दूरी पार गरेको आयोजक नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।
हाफ म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । उनले एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा दूरी पार गरिन् । उनी पनि साग प्रतियोगिताको स्वर्ण पदक विजेता हुन् । त्यसैगरि, एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दूरी पार गरेकी एपीएफकी पुष्पा भण्डारी दोस्रो र सुर्खेतकी विन्दु हमाल तेस्रो भइन् । म्याराथनका विजेताले एक लाख नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरि म्याराथनका उपविजेताले ५० हजार, तृतियले २५ हजार रुपैँया हात पारेका छन् ।


त्यसैगरि, हाफ म्याराथनका विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार र चौथोले १० हजार रुपैँया जितेको आयोजकले जनाएको छ । म्याराथनमा ५० जना खेलाडी, हाफ म्याराथनमा १२ जना र अन्य बिधा गरि कुल एक हजार एक ७० जनाले सहभागिता जनाएका थिए ।

Previous articleकाँग्रेस बाँके अधिवेशन : संस्थापन पक्षले पाँच र संस्थापन इतर पक्षको तीन पालिकामा जित
Next articleबाँके काँग्रेस निर्वाचन : दुई प्रदेश सभा क्षेत्रका पदाधिकारी निर्विरोध निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here