सिकलसेल उपचार केन्द्र पुनः संचालनको माग गर्दै स्वास्थ्य मन्त्री थारुलाई स्कास नेपालको ज्ञापन

बाँके, ३० कात्तिक, २०७८ ।


भेरी अस्पतालमा रहेको सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल संचालनको माग गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न बहाना बनाएर अस्पताल ब्यवस्थापन समिति र अस्पताल प्रशासनले उपचार केन्द्र बन्द गराएको भन्दै तत्काल संचालनको माग गर्दै सिकलसेल एनिमिया सोसाइटी (स्कास) ले मन्त्री थारुलाई ज्ञापन पत्र बुझाएको स्कासका अध्यक्ष प्रभुराम चौधरीले बताए ।
उपचार केन्द्र बन्द भएपछि सिकलसेल एनिमियाका विरामीहरु एपचार र परामर्शबाट बञ्चित भएको बताउँदै उनले तत्काल संचालनमा नल्याए विरामीहरु उपचारबाट बञ्चित भई अनाहकमा दुख पाउने जानकारी मन्त्रीलाई गराएको उनको भनाई छ । ‘मन्त्री ज्यूले बन्द भएको सिकलसेल उपचार केन्द्र पुनः संचालनका लागि अस्पतालसँग समन्वय गरि छिट्टै संचालनमा ल्याउने प्रतिवद्धता जनाउनु भएको छ,’ अध्यक्ष चौधरीले भने ।
स्कास नेपालले यसअघि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्मा (हिमाल) लाई भेरी अस्पतालमा बोलाएर उपचार केन्द्र बन्द हुँदा विरामीले पाएको दुखको बारे अवगत गराएको थियो । सो अवसरमा मन्त्री शर्माले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दसँग उपचार केन्द्र बन्द हुनुको कारण सोधेका थिए ।

Previous articleमहिलाले संचालन गरेको सहकारी : एक बर्षमा १५ लाख खुद नाफा
Next articleएमाले अध्यक्षको दावी : एक्ला–एक्लै चुनावी मैदानमा आए काँग्रेससहित गठबन्धन दलको जमानत जफत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here