भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डा. यादव प्रमुख विशेषज्ञमा सिफारिस

बाँके, ३० कात्तिक, २०७८ ।
नेपालगन्जस्थित भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डा. श्यामसुन्दर यादव प्रमुख विशेषज्ञका लागि सिफारिस भएका छन् । स्वास्थ्य सेवा तर्फको रिक्त तीन प्रमुख विशेषज्ञ पदका लागि पाँचजनाको नाम सिफारिस भएको छ ।
लोकसेवा आयोगका सदस्यको अध्यक्षतामा सोमवार बसेको सोमबार बढुवा समितिको बैठकले रिक्त तीन पदका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । ति मध्ये डा. यादव पहिलो नम्बरमा छन् ।
दुर्गममा बसेकोले उनको नम्बर अरुको भन्दा धेरै भएको हो । उनको अरुको ६ अंक बढि छ ।
सिफारिस हुनेमा दोस्रोमा डा. भीमसिंह तिंकरी, तेस्रोमा डा. श्रीकृष्ण श्रेष्ठ, चौथोमा डा. संगीता मिश्रा र पाँचौँमा डा. गुणराज लोहनी छन् । ज्येष्ठता, कार्यसम्पादन, दुर्गम सेवाका आधारमा उनीहरूको नाम सिफारिस गरेको बढुवा समितिले जनाएको छ ।
सिनियरका आधारमा भन्दा पनि यादव, श्रेष्ठ र मिश्रा दुर्गमको नम्बरले उत्कृष्ट पाँच भित्र परेको समितिका एक सदस्यले बताए ।
आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस पाँचमध्ये तीनजनालाई १२ औँ तहमा बढुवा गर्नेछ । स्वास्थ्य सेवाअन्तर्गत १२ औँ तहमा मन्त्रालयमा दुई र वीर अस्पतालमा एकजनाको दरबन्दी रिक्त छ ।

Previous articleरंगशालामा भैरवप्रसाद गणका गणपति कार्कीको सक्रियताः भारोत्तोलन भवनको शौचालय र बाथरुम मर्मतमा समेत सहयोग
Next articleदशौँ राष्ट्रिय महाधिवेशनका लागि एमालेले ‘चन्दा’ नमाग्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here