दशौँ राष्ट्रिय महाधिवेशनका लागि एमालेले ‘चन्दा’ नमाग्ने

बाँके, ३० कात्तिक, २०७८ ।


नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि एमाले बाँकेले सर्वसाधारणबाट आर्थिक संकलन नगर्ने भएको छ । केन्द्रिय नीति अनुसार चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि उद्योगी, ब्यापारी र सर्वसाधारणसँग कुनै पनि आर्थिक सहयोग नलिने निर्णय भएको एमाले बाँके उपाध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली १ मंसिरमा नेपालगन्जस्थित मेरो प्लानेटमा आयोजना हुने बृहद कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम । उक्त कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष कक्षपतिले भने, ‘एमालेका हरेक संगठित सदस्यसँग एक सय रुपैँया उठाउने र सोही रुपैँयाले महाधिवेशन संचालन गर्ने पार्टीको नीति छ,’ उनले भने ।
उनले बाँकेका संगठित सदस्यबाट ८० लाख रुपैँया संकलन हुने बताए । चन्दा कानुनद्वारा बर्जित भएकोले एमालेले यस पटक चन्दा नमाग्ने निर्णय गरेको बताए । ‘महाधिवेशनका नाममा चन्दा माग्ने प्रबृत्ती बढेकोले यसलाई निरुत्साहित गर्न एमालेले चन्दा नमाग्ने निष्कर्षमा पुगेको हो,’ उनले भने, ‘चन्दा माग्न आए नदिनुहोला । बरु हामीलाई खवर गरेर सहयोग गर्नुहोस ।’
तीन हजार नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्दै
एमाले अध्यक्ष ओलीले १ मंसिरमा सम्बोधन गर्ने सभामा स्वतन्त्र राजनीतिक समूहका नेता पशुपतिदयाल मिश्र दलबलसहित एमालेमा प्रवेश गर्ने भएका छन् । पत्रकारसँगको अन्तरक्रियामा एमाले बाँके उपाध्यक्ष कक्षपतिले मिश्रसहित तीन हजारभन्दा बढी नेता कार्यकर्तालाई एमाले प्रवेश गराउने लक्ष्य रहेको बताए ।
प्रेस चौतारी बाँकेका उपाध्यक्ष विनोद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य मोहम्मद हारुनले मधेसी र मुस्लिम समुदायका व्यक्तिले पार्टी प्रवेश गर्ने बताए । ‘मिश्रसँगै करिम खाँ, गिर्जा पाठकलगायतले पार्टी प्रवेश गर्ने तयारी छ,’ उनले भने । मिश्र यसअघिको सूर्य चिन्ह लिएर बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनेका थिए ।
नेता मिश्रले पार्टी प्रवेश गर्नेहरु ६० प्रतिशत बाँके क्षेत्र नं. २ का नेता, कार्यकर्ता भएको बताए ।

Previous articleभेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डा. यादव प्रमुख विशेषज्ञमा सिफारिस
Next articleमहिलाले संचालन गरेको सहकारी : एक बर्षमा १५ लाख खुद नाफा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here