काँग्रेस बाँके वडा अधिवेशनः ८१ वडा मध्ये ५२ वटामा पदाधिकारी र प्रतिनिधि निर्विरोध चयन

बाँके, २८ कात्तिक, २०७८ ।
सदस्यता विवादका कारण एक दिन पछि धकेलिएको काँग्रेस बाँकेको वडा समिति र क्षेत्रीय प्रतिनिधिको निर्वाचन आज आइतवार हुँदै छ । शनिवार मनोनयन गर्ने दिन तोकिएको थियो । मनोनयनकै दिन बाँकेको ८१ मध्ये ५२ वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधी निर्विरोध चयन गरिएको निर्वाचन परिचालन समितिका सदस्य वीरेन्द्र यादवले जानकारी दिए । उनले करिव ६० प्रतिशत वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएको बताए ।
यादवका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका २३ वडामध्ये १७ वटामा निर्विरोध भएको छ । उनले वडा नम्बर ११, ७, ३, २२, २१, ४, ५, ८, १०, १२, १५, १६, १७, १८, १९, २० र २३ मा निर्विरोध भएको छ । वडा नं. १३ मा वडा समिति निर्विरोध चयन भए पनि क्षेत्रीय प्रतिनिधिमा सहमती हुन नसकेपछि आज मतदान हुने भएको छ । ‘कुनै–कुनै वडामा वडा समिति निर्विरोध भए पनि क्षेत्रीय प्रतिनिधि चयन गर्न बाँकी छ,’ उनले भने ।
नरैनापुर गाउँपालिकाको ६ वटा वडामध्ये ४ वटामा निर्विरोध भएको छ । त्यहाँ वडा नम्बर १, ३, ४ र ५ मा निर्विरोध भएको छ । जानकी गाउँपालिकाको वडा नम्बर १ र ५ मा पनि वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनको काम पूर्ण रुपमा सम्पन्न भएको छ । वडा नम्बर ६ मा वडासभापति बाहेक अन्य सबै पदमा निर्विरोध यादवले बताए ।
खजुरा गाउँपालिकाको ८ मध्ये ६ वटा वडामा निर्विरोध भएको छ । खजुराको वडा नम्बर १, २, ५, ६, ७ र ८ मा निर्विरोध भएको उनले बताए । डुडुवा गाउँपालिकाको १–६ सम्मका पुरै वडामा निर्विरोध भएको छ । राप्ती सोनारीको ९ वटा वडामध्ये ५ वटामा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । यादवका अनुसार राप्ती सोनारीको वडा नम्बर १, ३, ५, ७ र ९ मा निर्विरोध भएको छ ।
कोहलपुर नगरपालिकाको १५ वटा वडामध्ये ५ वटामा निर्विरोध भएको छ । कोहलपुरको वडा नम्बर १, ४, ७, ९ र १५ मा निर्विरोध भएको हो । बैजनाथ गाउँपालिकामा रहेका ८ मध्ये ७ वटामा निर्विरोध भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ मा निर्विरोध भएको यादवले जानकारी दिए ।
जिल्लाभरी नै निर्वाचन कार्यक्रम शान्तिपूर्ण रुपमा भएको जिल्ला सहायक निर्वाचन अधिकृत(अधिवक्ता) चित्रबहादुर शाहीले बताए । निर्विरोध हुन नसकेका बाँकी २९ वटा वडामा आइतबार आज मतदान हुने शाहीले बताए । उनले बिहान ९–४ बजेसम्म मतदान हुने बताए ।
वडा र क्षेत्रीय प्रतिनिधि छनोटको काम सकिएपछि १ मंसिरमा पालिका, ४ मंसिरमा प्रदेश सभा, ७ मंसिरमा क्षेत्र र ११ मंसिरमा जिल्लाको निर्वाचन हुने कार्यतालिक छ ।

Previous articleमुखमा राखेर ल्याउँदै गरेको ब्राउनसुगर सहित चौधरी पक्राउ
Next articleनेपालगन्जमा झण्डै दुई हजार लागुऔषध दुर्ब्यसनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here