धारा सातौं नेपालगन्ज म्याराथन : विश्व साइकलयात्री पुष्कर शाहले स्कटिङ गर्ने

बाँके, २४ कात्तिक, २०७८ ।
विश्व साइकलयात्री पुष्कर शाहले ४ मंसिरमा हुने धारा सातौं नेपालगन्ज म्याराथनको स्कटिङ गर्ने भएका छन् । उनी अगुवाको रुपमा नेपालगन्जमा हुने म्याराथनको साइकलबाट स्कटिङ गर्ने भएका हुन् ।
नेपालगन्ज म्याराथनको चौथो संस्करणदेखि नेपालगन्ज साइक्लिङ क्लवले स्कटिङ गर्दै आएको छ । आयोजक क्रियटिभ ह्याण्डस्ले पर्यावरणमा ध्यान दिँदै म्याराथनको धावकको साइकलबाट स्कटिङ गराउँदै आएको छ । गतवर्षको म्याराथन विजेता गोपीचन्द्र पार्कीको साइकलयात्री यमलाल रसाइलीले स्कटिङ गरेका थिए ।
एक जना म्याराथन धावकको एकजना साइकलयात्रीबाट स्कटिङ गरिदै आएको आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । ‘यसपालीको म्याराथनका अगुवाको विश्व साइकलयात्री शाहले स्कटिङ गर्ने जानकारी गराउँदछु,’ उनले भने ।
अध्यक्ष ठकुरीले विश्व साइकलयात्री शाहले नेपालगन्ज म्याराथनका धावकको स्कटिङ गर्ने कुराले आयोजकलाई थप हौसला बढाएको उनले बताए । नेपालगन्ज म्याराथनमा देशका चर्चित धावकहरु दौडिने गर्दछन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका धावकहरु नेपालगन्ज म्याराथनमा सहभागी हुने गरेको उनले बताए ।
फूल म्याराथन (पुरुष) र हाफ म्याराथन (महिला) मा देशकै चर्चित धावकहरु दौडिदा १० किलोमिटर र ५ किलोमिटरमा लामो दौडको अभ्यास गरिरहेकाहरु दौडिने गरेको उनको भनाई छ । कर्पोरेट रन र वाकाथनमा शहरका गन्यमान्य व्यक्तित्वहरुको सहभागिता रहँदै आएको उनले जानकारी दिए ।
क्रियटिभ ह्याण्डस्का अध्यक्ष ठकुरीले म्याराथन केवल दौडमात्रै नभएर यो शहर चिनाउने अभियान भएको बताए । उनले यसपाली नेपालगन्जको सुर्खेतरोडमा सात हजार मानिसलाई दौडाउने तयारी भएको बताए ।
धारा नेपालगन्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ ले गर्ने तय भइसकेको छ । यसपालीको म्याराथनमा महानायक राजेश हमाल पनि दौडिने भएका छन् । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीका बीचमा ५ मंसिरमा भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष मंसिर पहिलो हप्ताको शनिबार नेपालगन्ज म्याराथन हुने गरेको छ ।

Previous articleसिकलसेल उपचार केन्द्र बन्द भएको प्रति मन्त्री हिमालको चासो
Next articleनरैनापुरमा दिवा खाजाको प्रभाव : विद्यार्थी तान्दै, विद्यालय नियमित आउन सघाउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here