लागुऔषधमा पाँच बर्ष जेल सजाय तोकिएका श्रेष्ठ पक्राउ

बाँके, २२ कात्तिक, २०७८ ।
बाँके जिल्ला अदालतले लागुऔषध मुद्दामा एक जनालाई झण्डै पाँच बर्षको कैद सजाय सुनाएको छ । अदालतले खजुरा गाउँपालिका ३ का २३ बर्षिय शिशिर श्रेष्ठलाई चार बर्ष १० महिना कैद र पाँच हजार रुपैँया जरिवाना हुने फैसला सुनाएको हो ।
अदालतले कैद फैसला सुनाए पनि उनी फरार थिए । फैसला कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय धनौलीले उनलाई २१ कात्तिकमा पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाएको थियो ।
अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

Previous articleमुस्लिम समुदायको ढाका टोपी मोहः नेपाली राष्ट्रियता बलियो बनाउन मद्दत
Next articleनिर्मला कुर्मी बेपत्ता प्रकरण : सम्पत्ती हडप्न बेपत्ता बनाउने ६ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here