कोरोनाको असर : बाँकेका चार पालिकाको अझैँ भएन ०७६-०७७ को लेखा परीक्षण

बाँके, १९ कात्तिक, २०७८ ।


बाँकेका चार वटा पालिकाको लेखा परीक्षण हुन सकेका छैन । कोहलपुर, खजुरा, जानकी र राप्तीसोनारी गाउँपालिकाले आर्थिक बर्ष ०७६÷०७७ को लेखा परीक्षण गराउन नसकेका हुन् ।
लेखा परीक्षणका लागि आएको महालेखा परीक्षकको टोलीका सदस्यलाई कोरोना संक्रमण भएपछि यी पालिकाले लेखा परीक्षण गराउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय, नेपालगन्जका प्रमुख कोष नियन्त्रक रामचन्द्र शर्माले बताए । राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले लेखा परीक्षण गर्न आएको महालेखा परीक्षकको टोलीका केहि सदस्यलाई कोरोना पुष्टि भएपछि काम रोकिएको बताए । उनले अव दुई आर्थिक बर्षको एकैसाथ लेखा परीक्षण गराउने बताए ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले पनि महालेखा परीक्षककै कारण लेखा परीक्षण हुन नसकेको बताए । उनले भने, ‘लेखा परीक्षणका लागि कागजात तयारी अवस्थामा राखेका थियौँ । पालो आउनै लाग्दा महालेखा परीक्षकको टोली काठ्माडौँ फर्कियो,’ उनले भने ।
कोहलपुर र जानकी गाउँपालिकाले पनि आफ्नो नभई महालेखा परीक्षकको कार्यालयकै कारण लेखा परीक्षण रोकिएको बताएका छन् । लेखा परीक्षण हुन नसक्नु हाम्रो कमजोरी होइन, यसमा हाम्रो कुनै दोष छैन,’ खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरालले भने ।
लेखा परीक्षण नगराएकै कारण गाउँपालिकाको कामकाजमा कुनै असर नपर्ने र राज्यलाई पनि घाटा नहुने प्रमुख कोष नियन्त्रक शर्माले बताए । ‘महालेखा परीक्षकले परीक्षण गरेको भए सुधार गर्न सुझाव मिल्थ्यो । पुरानो बजेटलाई समपरीक्षण गर्न सजिलो हुन्थ्यो,’ उनले भने ।

Previous articleथारु समुदायले (डेवारी) तिहार कसरी मनाउँछन् ? तिहारको महत्व के छ ?
Next articleखजुराका सतिश विकलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here