बेतहनी बजार सौन्दर्यकरण अभियान : पहिलो पटक राखियो ६ वटा डस्टविन

बाँके, १७ कात्तिक, २०७८ ।


डुडुवा गाउँपालिका–२, बेतहनीस्थित बेतहनी बजारबाट उत्पादित फोहर ब्यवस्थापनको प्रयास गरिएको छ । बेतहनीका यूवा र प्रहरी चौकी बेतहनीको सक्रियतामा बेतहनी बजारबाट उत्पादित फोहर ब्यवस्थापनका लागि ६ वटा डस्टविन प्रहरी चौकीका इन्चार्ज कुलबहादुर विकले बताए ।
डस्टविन राख्ने कार्यक्रममा यूवा र प्रहरीको टोलीले घर, पसल, होटलबाट उत्पादन भएको फोहरले बजार दुर्गन्धित हुने तथा यसले बजारको सौन्दर्यकरण तथा मानव स्वास्थ्यमा असर गर्ने भएकोले फोहर ब्यवस्थापनमा सहयोग गर्न स्थानीयलाई सुझाव दिएको सरसफाई अभियानकर्मी रविन्द्र चौधरी बर्माले बताए ।
उनले बेतहनी बजारलाई सफा, सुघर बनाउन यूवाले अभियान थालेको बताए । उनले प्रहरी चौकीका इन्चार्ज विकको सक्रियतामा यहाँका यूवा सरसफाई अभियानमा सक्रिय भएको बताए । ‘फोहरले बजारको सौन्दर्यकरणमा असर परेको हामीलाई पहिलेदेखि महशुस भएको थियो, तर अभियान संचालनको मेसो पाइरहेका थिएनौँ । प्रहरी चौकीका इन्चार्ज कुलबहादुरजी आएपछि उहाँले अभियान चलाउने प्रेरणा दिनुभयो,’ उनले भने ।


बेतहनी प्रहरी चौकी र त्यहाँका यूवाको अगुवाईमा स्थानीयले एक महिनाअघि पहिलो पटक बजारको सरसफाई गरेका थिए । बजारको सौन्दर्यकरणका लागि सरसफाई अभियानका साथै सचेतनामुलक कार्यक्रम संचालन गर्ने तयारी गरेको अर्का सरसफाई अभियानकर्मी मेराज दर्जीले बताए ।
उनले हरविन्द सोनी लगायत स्थानीय यूवाले अभियानमा साथ दिएको बताए । ‘हामीले अव यसलाई अभियानको रुपमा अगाडी बढाउँछौँ । सकभर साप्ताहिक नभए महिनामा एक दिन बजारको सरसफाई गर्छौँ,’ उनले भने ।

Previous articleवीमा रकम नदिने वीमा कम्पनीका नाममा कारण देखाउ आदेश जारी
Next articleथारु समुदायले (डेवारी) तिहार कसरी मनाउँछन् ? तिहारको महत्व के छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here