नेपालगन्जमा ‘वेष्टर्न मार्ट’ संचालन

बाँके, १६ कात्तिक, २०७८ ।


नेपालगन्जमा ‘वेष्टर्न मार्ट’ संचालनमा आएको छ । लुम्बिनी, कर्णाली र सुदूर प्रदेशलाई लक्षित गरि नेपालगन्जमा वेष्टर्न मार्ट संचालनमा ल्याइएको अध्यक्ष प्रकाश अधिकारीले बताए ।
ग्राहकलाई सामान किन्न झन्झट नहोवस भन्ने उद्देश्यले विभिन्न थरिका सामान एउटै ठाउँमा खरिद गर्ने ब्यवस्था मिलाइएको ‘वेस्टर्न बिजनेश गु्रप’ का अध्यक्ष सञ्जय थापाले बताए । नेपालगन्जको सुर्खेत रोडमा ‘वेस्टर्न मार्ट’ को नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणाले उद्घाटन गरेका हुन् ।
मार्टमा खाद्यान्न, घरायसी सामान, तरकारी, फलफूल, भाडाँकुडा, टेलिभिजन, मोबाइल फोन, विद्युतिय सामानलगायत अन्य अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तु राखिएको छ । ‘एकै छतमा सबै सुविधा उपलब्ध गराउने उद्देश्य हो,’ थापाले भने ।

Previous articleराखेपको सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त
Next articleवीमा रकम नदिने वीमा कम्पनीका नाममा कारण देखाउ आदेश जारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here