नेपालगन्ज उपमहानगरलाई पालिकास्तरिय महिला भलिवल प्रतियोगिताको उपाधी

बाँके, १४ कात्तिक, २०७८ ।

जिल्ला ब्यापी पालिकास्तरिय महिला भलिवल प्रतियोगिताको उपाधी नेपालगन्ज उपमहानगरले हात पारेको छ । नेपालगन्ज उपमहानगरले कोहलपुर नगरपालिकालाई २–१ सेटमा पराजित गरि उपाधी हात पारेको जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष मोहित शाहले जानकारी दिए । नेपालगन्जले २५–१९, १६–२५ र २५–२२ को सेटमा जित हासिल गर्यो ।
नेपालगन्ज उपमहानगरले ५० हजार रुपैँयासहित ट्रफी र मेडल प्राप्त गरेको छ । दोस्रो भएको कोहलपुरले नगद ३० हजार र मेडल हात पारेको उनले बताए ।
आइतवार भएको फाइनल खेलमा राप्तीसोनारी गाउँपालिकाले तृतिय स्थान हात पारेको छ । उसले बैजनाथ गाउँपालिकालाई २५–२० र २५–१४ को सोझो सेटमा पराजित गरेको राष्ट्रिय एम्पायर प्रकाश शर्माले बताए ।
राप्तीसोनारीसँग पराजित भएको बैजनाथले सान्त्वनामा चित्त बुझाउनु पर्यो । राप्तीसोनारीले २० हजार र बैजनाथ गाउँपालिकाले १० हजार नगद प्राप्त गरेको प्रतियोगिता संयोजक कृष्णा पाठकले जानकारी दिइन् ।
प्रतियोगितामा नेपालगन्जकी लक्ष्मी विक सर्वोत्कृष्ट खेलाडी भइन् । त्यसैगरि, कोहलपुरकी नम्रता शाही बेष्ट सटर, कोहलपुरकै नितु सुनार बेष्ट लिफ्टर, नेपालगन्जकी ग्रिष्मा सिलवाल बेष्ट सर्वर र बैजनाथकी प्रतिक्षा चौधरी राइजिङ प्लेरको उपाधी हात पारिन् ।
प्रतियोगिताका विजेता, उपविजेता लगायतलाई कार्यक्रमका प्रमुख अतिथि एवम् खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, विशिष्ट अतिथि एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडाअध्यक्ष सुनिलसिंह हमाल, जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष मोहित शाह लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
जिल्ला खेलकुद विकास समितिले शुक्रबारबाट सञ्चालन गरेको उक्त प्रतियोगितामा बाँकेका ८ वटै पालिकाले सहभागिता जनाएका थिए ।

Previous articleमहिला भलिबल प्रतियोगितामा चार पालिका सेमिफाइनलमा प्रवेश
Next articleनेपालगन्ज आइसिपी निर्माणको काम सुस्तः एक बर्षमा १५ प्रतिशत निर्माण सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here