महिला भलिबल प्रतियोगितामा चार पालिका सेमिफाइनलमा प्रवेश

बाँके, १३ कात्तिक, २०७८ ।


खजुरास्थित शुक्र भलिबल स्टेडियममा जारी जिल्ला ब्यापी पालिकास्तरिय महिला भलिबल प्रतियोगिता अन्तरगत चार वटा पालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले जानकारी दिए ।
यो सँगै जानकी, खजुरा, डुडुवा र नरैनापुर गाउँपालिका प्रारम्भिक चरणबाट बाहिरिएका छन् । शनिवार विहान भएको खेलमा जानकी गाउँपालिकालाई बैजनाथ गाउँपालिकाले सोझो सेटमा पराजित गरेको थियो । त्यसैगरि, कोहलपुरले खजुरा गाउँपालिकालाई पनि सोझो सेटमा पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिवार नै भएको खेलमा राप्तीसोनारीले खजुरालाई र नरैनापुरले जानकीलाई पराजित गरे । दिउँसो भएको खेलमा कोहलपुरले डुडुवालाई र राप्तीसोनारीले पनि डुडुवालाई पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको अध्यक्ष शाहले बताए ।
यसैगरि, नेपालगन्जले बैजनाथ र नेपालगन्जले नरैनापुर गाउँपालिकालाई पराजित गरि नेपालगन्ज सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवार चार वटा पालिका वीच सेमिफाइनलका खेल हुने र सोही दिन नै फाइनल खेल हुने राष्ट्रिय एम्पायर प्रकाश शर्माले जानकारी दिए ।
गाउँ–गाउँबाट महिला भलिवल खेलाडी खोजी गरि उत्कृष्ट खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्तवना हुने टीमले १० हजार रुपैँया नगद पुरस्कार र ट्रफी पाउने भएका छन् ।

Previous articleआय आर्जन बृद्धि तथा विपद् उत्थानशील समुदाय निर्माणका लागि महिलालाई बाख्रा प्रदान
Next articleनेपालगन्ज उपमहानगरलाई पालिकास्तरिय महिला भलिवल प्रतियोगिताको उपाधी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here