मन्त्री अथकले गर्ने भए धारा सातौं नेपालगन्ज म्याराथनको उद्घाटन

बाँके, १३ कात्तिक, २०७८ ।


धारा सातौं नेपालगन्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले गर्ने कार्यक्रम तय भएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजनामा ४ मंसिरमा हुने म्याराथनको उद्घाटन मन्त्री गहतराजले गर्ने तय भएको अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।
बाँके निवासी मन्त्री अथकले आफ्नै ठाउँमा हुँदै आएको राष्ट्रियस्तरको प्रतियोगिता उद्घाटन गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिए । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीका बीच ५ मंसिरमा भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष नेपालगन्जमा म्याराथन हुँदै आएको छ ।
यस बर्ष सात हजार धावकलाई दौडाउने योजना अनुसार नेपालगन्ज म्याराथनको तयारी तीब्रगतिमा भइरहेको अध्यक्ष ठकुरीले बताए । नेपालगन्ज म्याराथनको रौनक बढाउन यस बर्ष महानायक राजेश हमालले पनि दौड्ने भएका छन्् । ‘राष्ट्रियस्तरका सबै र विदेशबाटसमेत केही धावक म्याराथनमा दौडिने छन् । सातै प्रदेशका खेलाडीलाई नेपालगन्ज म्याराथनमा सहभागी गराउने योजना छ,’ उनले भने ।
यस बर्ष पनि ८–१२ वर्ष उमेरका बच्चा, कर्पोरेट र वाकाथनमा शहरका गन्यमान्य व्यक्तित्वले भाग लिने उनले बताए । म्याराथनमा शारिरिक अपाङ्गता भएकाहरुले समेत प्रतिभा देखाउँदै आएका छन् ।

Previous articleखड्गवारमा प्रेस चौतारी नेपाल, बाँकेको भेला आज
Next articleआय आर्जन बृद्धि तथा विपद् उत्थानशील समुदाय निर्माणका लागि महिलालाई बाख्रा प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here