आय आर्जन बृद्धि तथा विपद् उत्थानशील समुदाय निर्माणका लागि महिलालाई बाख्रा प्रदान

बाँके, १३ कात्तिक, २०७८ ।


भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले राप्तीसोनारी गाउँपालिका ६ र ७ का २५ जना महिलालाई ५० वटा बाख्रा वितरण गरेको छ । आय आर्जन बृद्धि तथा विपद् उत्थानशील समुदाय निर्माणका लागि राप्तीसोनारी गाउँपालिका ६ र ७ स्थित महिला सशक्तिकरण केन्द्रका २५ जना सदस्यलाई प्रति सदस्य दुई वटा माउ बाख्राका दरले ५० वटा बाख्रा वितरण गरिएको क्षमता अभिबृद्धि तथा आर्थिक विकास मार्फत उत्थानशील समुदाय निर्माण परियोजनाका कार्यक्रम संयोजक रामनिवास यादवले जानकारी दिए ।
अन्र्तगत संस्थाका अध्यक्ष टेकबहादुर पुनले समुहका सदस्यहरुलाई हस्तान्तरण गर्नु भएको छ ।
बाख्रा हस्तान्तरण कार्यक्रममा बोल्दै बी–ग्रुपका अध्यक्ष टेकबहादुर पुनले समुदायको विपद् पूर्व तयारी र प्रतिकार्यमा क्षमता बृद्धि गरि आर्थिक रुपमा सवल बनाउने उद्धेश्यले बाख्रा वितरण गरिएको बताए । ‘आर्थिक रुपमा सवल भएमात्र ब्यक्तिले विपद पूर्व तयारी र प्रतिकार्यमा क्षमता बढाउन सक्छ,’ उनले भने ।


वी–ग्रुपले गत वर्ष वडा नं. ७ स्थित हरियाली महिला सशक्तिकरण केन्द्र र वडा नं. ६ स्थित सृजनशील महिला सशक्तिकरण केन्द्र, टेपरीलाई पनि माउ बाख्रा वितरण गरेको थियो । ती दुवै समुहलाई यस बर्ष बीउका लागि एक–एक वटा बोयर जातको बोका प्रदान गरिएको कार्यक्रम संयोजक यादवले जानकारी दिए ।
गाउँपालिकाको सहकार्य, एडब्लुओ इन्टरनेशनल र एडिएचको आर्थिक सहयोगमा बी–ग्रुपले सहयोग कार्यक्रम संचालन गर्दै आएको छ ।

Previous articleमन्त्री अथकले गर्ने भए धारा सातौं नेपालगन्ज म्याराथनको उद्घाटन
Next articleमहिला भलिबल प्रतियोगितामा चार पालिका सेमिफाइनलमा प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here