एमाले कोहलपुर अध्यक्षमा भुसाल सर्वसम्मत चयन

बाँके, ११ कात्तिक, २०७८ ।


नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्षमा खिलप्रसाद भुसाल सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।
लामो प्रयास पछि विहीवार अध्यक्ष सहित ७५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा नमप्रसाद शर्मा, सचिवमा माधव रिजाल र उप– सचिवमा शान्ति सुनार तथा गोमा खनाल चयन भएका छन् ।
९ कात्तिकमा भएको नगर अधिवेशनले नेतृत्व चयन गर्न नसकेपछि दुई दिन लम्बिएको थियो ।

Previous articleआजबाट बाँकेमा पालिकास्तरिय महिला भलिबल प्रतियोगिता
Next articleधारा सातौं नेपालगन्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here