एमाले नेपालगन्ज उपमहानगरको अध्यक्षमा फेरि दत्तप्रसाद आचार्य निर्वाचित

बाँके, १० कात्तिक, २०७८ ।


नेकपा एमाले नेपालगन्ज उपमहानगरको अध्यक्षमा दत्तप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । मंगलवार अवेर राती सम्पन्न नगर अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा अब्दुल हकिम हल्वाई र सचिवमा मोहित शाहलाई सर्वसम्मत निर्वाचित गरेको छ । ७५ सदस्यीय कार्यसमितिको उप–सचिवमा दीग्विजय ढुङ्गाना र उषा थापा भण्डारी चयन भएको नवनिर्वाचित सचिव शाहले जानकारी दिए । सर्वसम्मतको प्रयास गरिए पनि अकांक्षी धेरै भएकोले अवेर रातमात्र नेतृत्व चयन भएको उनले बताए ।
त्यसैगरि, मंगलवार सम्पन्न अधिवेशनले डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील खानलाई सर्वसम्मत चयन गरेको छ । उनी यसअघि पनि डुडुवा गाउँपालिकाको अध्यक्ष थिए ।
गाउँपालिकाको प्रथम अधिवेशनले उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लन प्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्माको नेतृत्वमा ७३ सदस्यीय डुडुवा गाउँपालिका कमिटी चयन गरेको नवनिर्वाचित अध्यक्ष खानले जानकारी दिए ।
त्यसैगरि, नरैनापुरमा मंगलवार भएको अधिवेशनबाट पञ्चराम यादव सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादवलाई चयन गरेको एमाले नरैनापुरका इन्चार्ज शोहनलाल यादवले जानकारी दिए ।
त्यसैगरि, खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्रप्रसाद धिताल सर्वसम्मत निर्वाचित भएका छन् । खजुरामा सम्पन्न अधिवेशनले धिताललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहालाई चयन गरेको छ ।
नेकपा एमाले खजुरा गाउँपालिका कमिटी ७५ सदस्यीय भएका एमाले बाँके उपाध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

Previous articleएमाले डुडुवा अध्यक्षमा शकील र नरैनापुरमा पञ्चराम सर्वसम्मत निर्वाचित
Next articleनेपालगन्ज उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतमा गुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here