एमाले डुडुवा अध्यक्षमा शकील र नरैनापुरमा पञ्चराम सर्वसम्मत निर्वाचित

बाँके, ९ कात्तिक, २०७८ ।


नेकपा एमाले नेकपा एमाले डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील खान सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि पनि डुडुवा गाउँपालिकाको अध्यक्ष थिए ।
गाउँपालिकाको प्रथम अधिवेशनले उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लन प्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्माको नेतृत्वमा ७३ सदस्यीय डुडुवा गाउँपालिका कमिटी चयन गरेको नवनिर्वाचित अध्यक्ष खानले जानकारी दिए ।

त्यसैगरि, नरैनापुरमा मंगलवार भएको अधिवेशनबाट पञ्चराम यादव सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादवलाई चयन गरेको एमाले नरैनापुरका इन्चार्ज शोहनलाल यादवले जानकारी दिए ।
त्यसैगरि, खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्रप्रसाद धिताल सर्वसम्मत निर्वाचित भएका छन् । खजुरामा सम्पन्न अधिवेशनले धिताललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहालाई चयन गरेको छ ।
नेकपा एमाले खजुरा गाउँपालिका कमिटी ७५ सदस्यीय भएका एमाले बाँके उपाध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

Previous articleएमाले खजुरा अध्यक्षमा गेहेन्द्र निर्वाचित
Next articleएमाले नेपालगन्ज उपमहानगरको अध्यक्षमा फेरि दत्तप्रसाद आचार्य निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here