बाँके, ९ कात्तिक, २०७८ ।
नेकपा एमाले खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्रप्रसाद धिताल सर्वसम्मत निर्वाचित भएका छन् । खजुरामा सम्पन्न अधिवेशनले धिताललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहालाई चयन गरेको छ ।
नेकपा एमाले खजुरा गाउँपालिका कमिटी ७५ सदस्यीय भएका एमाले बाँके उपाध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।