एमालेको आज देशभर पालिकास्तरिय अधिवेशन, बाँकेमा को-को छन् आकांक्षी ?

बाँके, ९ कात्तिक, २०७८ ।


नेकपा एमालेले आज मंगलवार देशभर पालिकास्तरिय अधिवेशन गर्दै छ । ६ कात्तिकमा एकसाथ वडा अधिवेशन गरेको एमालेले आज देभर एकसाथ पालिकास्तरिय अधिवेशन गर्दै छ ।
वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले बाँकेले पालिकाको नेतृत्व पनि सर्वसम्मत रुपमा चयन गर्ने तयारी गरेको एमाले बाँके अध्यक्ष निरक गुरुङ्गले बताए ।
बाँकेमा आकांक्षि धेरै देखिएका छन् । डुडुवा र नरैनापुर बाहेक अन्य पालिकामा आकांक्षी धेरै देखिए पनि सर्वसम्मतको प्रयास जारी रहेको एमालेले जनाएको छ । डुडुवामा शकिल खान र नरैनापुरमा प्रमोद मिश्रा अध्यक्ष रहेका छन् । अहिले पनि ति दुवै दोहोरिने सम्भावना बढ्ता देखिएको छ ।
उनले सवैभन्दा धेरै आकांक्षी नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकामा देखिएको बताए । नेपालगन्जमा ६ र कोहलपुरमा ४ जना आकांक्षी देखिएका छन् ।
नेपालगन्ज उपमहानगरमा दत्तप्रसाद आचार्य, भास्कर काफ्ले, मोहित शाह, राम थापा, राजेन्द्र कंडेल र हंश खनालले आकांक्षा राखेका छन् ।
यसैगरी, कोहलपुरमा खिलप्रसाद भुसाल, नमप्रसाद शर्मा, कुलबहादुर भट्टराई र खेमराज शर्माले नेतृत्वका दाबी गरेका छन् । कोहलपुरमा बसन्ती अधिकारी पनि नेतृत्वको लागि दावी गरेकी छन् ।
राप्ती सोनारी गाउँपालिकामा मनोज केसी र मदन ओलीको दाबी छ । मदन वडा नं. २ का वडा अध्यक्ष हुन् । भने, मनोज व्यवसायीसंगै हालको आयोजक कमिटीका अध्यक्ष हुन् । बैजनाथमा प्रेम सुवेदी र इन्द्रबहादुर थापा आकांक्षी देखिएका छन् ।
खजुरा गाउँपालिकामा यामबहादुर महतरा र गेहेन्द्र धिताल आकांक्षा राखेका छन् । जानकीमा सुरेश अहिर, बिश्राम बर्मा र खेमप्रकाश विष्टले दावी गरेको बुझिएको छ ।

Previous articleकाँग्रेसको बैधानिकता जोगाउन नेतृत्व उदासिन छ : काँग्रेस बरिष्ठ नेता पौडेल
Next articleएमाले खजुरा अध्यक्षमा गेहेन्द्र निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here