‘विश्व कण्डम डे’ को अवसरमा शनिवार निशुल्क एचआइभी परीक्षण गरिने

बाँके, ५ कात्तिक, २०७८ ।


‘विश्व कण्डम डे’ को अवसरमा भोली शनिवार नेपालगन्जमा सचेतनामुलक कार्यक्रमसँगै निशुल्क एचआइभी परीक्षण गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना र एचआइभी÷एड्सको क्षेत्रमा कार्यरत संघसंस्थाको समन्वयमा पुष्पलाल चोकमा एचआइभी परीक्षण गरिने जुनकिरी महिला समुहका कार्यक्रम संयोजक रविन्द्रसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार, पुष्पलाल चोकमा एचआइभी परीक्षण, सचेतनामुलक पर्चा, पम्पलेट र कण्डम वितरण गरिने भएको छ । एचआइभीबाट जोगिने उपाय, कण्डमको प्रयोग गर्ने विधि, कण्डमले पुर्याउने फाइदा, असुरक्षित यौन सम्पर्क गर्दा हुने खतरा लगायत विषयमा सचेतना जगाउने कार्यक्रम रहेको उनले बताए ।

Previous articleबाँकेमा १७ हजार पाँच सय हेक्टर धानबालीमा क्षति
Next articleकाँग्रेसको बैधानिकता जोगाउन नेतृत्व उदासिन छ : काँग्रेस बरिष्ठ नेता पौडेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here