बाँकेमा १७ हजार पाँच सय हेक्टर धानबालीमा क्षति

बाँके, ५ कात्तिक, २०७८ ।


बेमौसमी बर्षातका कारण बाँकेमा ६० प्रतिशत धानबालीमा क्षति पुगेको छ । बर्षातले काटेर खेतमा रहेको ६० प्रतिशत धानमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले जानकारी दिए ।
उनले काटेर खेतमा रहेको ६० प्रतिशत र हावाहुरीले नकाटेको २० प्रतिशत धानमा क्षति पुर्याएको बताए । पानीसँगै आएको हावाहुरीले १० हजार हेक्टरमा लगाएको धान ढलेपछि खेतमा कुहिन थालेको उनको भनाई छ ।
उनले काटेर खेतमा रहेको सात हजार पाँच सय हेक्टर जमिनको धानमा क्षति पुर्याएको बताए । बाँकेमा ३६ हजार पाँच सय हेक्टर जमिनमा धान खेती भएको छ । ‘बर्षात र हावाहुरीले नकाटेको धानभन्दा काटेको धानमा बढि क्षति पुर्याएको छ,’ उनले भने, ‘काटेको धान जमिनमा टाँसिएकोले उम्रिन थालेको छ ।’
गत बर्ष बाँकेमा प्रति हेक्टर ४ दशमलव ३ मेट्रिक टनका दरले करिव एक लाख ५३ हजार ८० मेट्रिक टन धान उत्पादन भएको थियो । यो बर्ष प्रति हेक्टर ४ दशमलव ४ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको थियो । तर, बेमौसमी बर्षातले गत बर्षको भन्दा झण्डै ३० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको ढकालले बताए ।

Previous articleडुडुवामा दोस्रो चरणको व्यक्तिगत घटना दर्ता अभियान सुरु
Next article‘विश्व कण्डम डे’ को अवसरमा शनिवार निशुल्क एचआइभी परीक्षण गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here