डुडुवामा दोस्रो चरणको व्यक्तिगत घटना दर्ता अभियान सुरु

बाँके, ३ कात्तिक, २०७८ ।


डुडुवा गाउँपालिकाले दोस्रो चरणको व्यक्तिगत घटना दर्ता अभियान सुरु गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले अनलाइन मार्फत ब्यक्तिगत घटना दर्ता गरेकालाई प्रमाणपत्र दिएर दोस्रो चरणको अभियान शुरु गरेका हुन् । उनले वडा नं. २ सन्तलियाका पाटनदिन बर्माको छोरीको जन्मदर्ता प्रमाणपत्र विवरण संकलन फाराम प्रदान गरे ।
अभियानको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिक सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले घरदैलो अभियानमार्फत घटना दर्ताको विवरण संकलन सुरु गरिएको बताए । घरदैलो अभियानमार्फत विवरण संकलन गरेर अनलाइनमा दर्ता गरि पुनः प्रमाणपत्र बनाएर सम्बन्धित ब्यक्तिका घर–घरमा पुगेर वितरण गरिने गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताए ।
गाउँपालिकाका कुनै पनि नागरिक सेवाबाट वञ्चित हुन नपरोस र समयमा नै ब्यक्तिगत घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घर–घरमा पुगेर घटना दर्ताको विवरण संकलन गरिएको सूचना अधिकारी ऋषिराज गौतमले बताए । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तर्गत डुडुवा गाउँपालिकाले व्यक्तिगत दोस्रो चरणको घटना दर्ता अभियान थालेको उनले बताए ।
गाउँपालिकाको वडा नं. १–६ सम्म घरदैलो अभियान मार्फत विवरण संकलनका लागि वडा सचिवसहितको २७ जना जनशक्ति परिचालन गरिएको गौतमले जानकारी दिए । घटना दर्ता अन्तर्गत जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइ लगायतका अनलाइन घटना दर्ताका लागि विवरण संकलन सुरु गरिएको घटना दर्ता फोकल पर्सन वडा सचिव शिवकुमार मौर्यले बताए । विवरण संकलनमा खटिएका टोलीले नागरिकता नलिएका नागरिकहरुको अनुसूची फाराम भर्ने र फोटो खिच्ने कार्य पनि गर्ने उनले जानकारी दिए ।

Previous article११ औँ दिनपछि रुवीले तोडिन अनसन
Next articleबाँकेमा १७ हजार पाँच सय हेक्टर धानबालीमा क्षति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here