नेपालगन्ज विमानस्थलमा कुकुरको सहायतामा जाँच, टर्मिनलमा जान पास अनिवार्य

बाँके, २४ असोज, २०७८ ।


चाडपर्वलाई लक्षित गरि बाँके प्रहरीले संवेदनशील क्षेत्रको पहिचान गरि सुरक्षा सतर्कता बढाएको छ । नेपाल–भारत सीमानाका, एयरपोर्ट, राजमार्ग र सहरभित्रका ब्यस्त सडक तथा चोकमा सुरक्षा सतर्कता बढाइएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए ।
उनले शनिवार जमुनाह नाकामा तालिम प्राप्त कुकुर मार्फत चेकजाँच गरिएको बताउँदै आइतवार नेपालगन्ज एयरपोर्टमा कुकुरको सहायतामा जाँच गरिएको बताए । प्रहरीले नेपालगन्ज विमानस्थल प्रवेशमा समेत कडाई गरेको उनले बताए । ‘१५ असोजदेखि एयरपोर्टको टर्मिनल गेटभित्र प्रवेश गर्दा पास चाहिने ब्यवस्था गरिएको छ,’ उनले भने ।
नागरिक उडड्यन कार्यालयको निर्देशन अनुसार विमानस्थलमा खटिएको प्रहरीले चेकजाँचलाई कडाई गरेको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक सन्तोष शाहले बताए । ‘विमानस्थलको सुरक्षाको लागि यो उपाय अवलम्वन गरिएको हो । टर्मिनल प्रवेश गर्नुको कारणबारे सोधपुँज गरेर पास दिइन्छ,’ उनले भने ।

Previous articleइन्द्रपुरका ४६ परिवार कुच्बधिया खुला ठाउँमा शौच गर्न बाध्य
Next articleजमरा र बाबरी फुलसहित दहित थरका थारुले आफ्ना पितृलाई आज पिण्ड दिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here