इन्द्रपुरका ४६ परिवार कुच्बधिया खुला ठाउँमा शौच गर्न बाध्य

शौचालय बनाउने रकम नभएपछि अधुरै रहेको कुच्बधियाको शौचालय ।

बाँके, २३ असोज, ०७८ ।


शौचालय बनाउन नसक्दा जानकी गाउँपालिका ३, इन्द्रपुरस्थित कुच्बधिया टोलका ४६ परिवारका झण्डै तीन सय जना खुला ठाउँमा शौच गर्दै आएका छन् । उक्त टोलका कसैको घरमा शौचालय नभएको स्थानीय मञ्जु कुच्बधियाले बताइन् ।
शौचालय बनाउनका लागि जनता आवास कार्यक्रमले दिने भनेको रकम नपाएपछि शौचालयमा शौच गर्ने सपना अधुरै रहेको उनले बताइन् । गर्मी र हिउँदमा शौच गर्न समस्या नभए पनि बर्षातका बेला हैरानी खेप्न परेको उनको भनाई छ । ‘शौचका लागि अरहर बारी र धान खेतको सहारा लिनुको विकल्प छैन,’ उनले भनिन् ।
उज्यालोमा पुरुषहरुले देख्ने भएकोले झिसमिसेमै शौच गर्नुपर्ने बाध्यता रहेको सोना कुच्बधियाले गुनासो गरिन् । उनले दिसा गर्दागर्दै उठेर भाग्नुपर्ने समस्या झेल्दै आएको बताइन् । ‘शौचालय नभएकोले खुला ठाउँमा दिसापिसाव गर्नुपर्ने हुन्छ । पुरुष र अपिरिचित ब्यक्ति आएपछि दिसा गर्दागर्दै उठेर भाग्नु पर्ने हुन्छ,’ उनले भनिन् ।
शौच गर्दा पुरुषलाई देख्दा महिला र महिला देख्दा पुरुष भाग्नुपर्ने अवस्था रहेको रामसागर कुच्बधियाले बताए । उनले शौचालय नभएकोले घर वरिपरि समेत दुर्गन्धित हुने गरेको बताए । बालबालिकाहरु शौच गर्न टाढा जान सक्दैनन् । हिलो भएकोले घर वरिपरि शौच गर्नुका विकल्प छैन,’ उनले भने ।

Previous articleसातौँ नेपालगन्ज म्याराथन ४ मंसिरमा
Next articleनेपालगन्ज विमानस्थलमा कुकुरको सहायतामा जाँच, टर्मिनलमा जान पास अनिवार्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here