सातौँ नेपालगन्ज म्याराथन ४ मंसिरमा

बाँके, २३ असोज, २०७८ ।


सातौं धारा नेपालगन्ज म्याराथन ४ मंसिरमा नेपालगन्जमा हुने भएको छ । पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्र नेपालगन्जलाई विश्वमा चिनाउने उद्देश्यले आयोजना गरिएको सातौँ संस्करणमा पनि विगत बर्ष जस्तै १० वटा इभेन्ट हुने आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यष टीएस ठकुरीले बताए ।
कोरोनाका कारण गत बर्ष भब्य रुपमा संचालन गर्न नसकिएको बताउँदै यसपाली उत्सवमय बनाउने लक्ष्य रहेको उनले बताए । सातौँ संस्करणमा म्याराथन (४२.१९५ किमी), हाफ म्याराथन (२१ किमी), १० किलोमिटर पुरुष खुल्ला, पाँच किलोमिटर महिला खुल्ला, पाँच किलोमिटर स्कुलस्तरीय छात्र, ३ किलोमिटर स्कुल स्तरीय छात्रा, किड्स रन (८–१२ वर्ष), २ किलोमिटर कर्पोरेट रन, वाकाथन र ह्वीलचियर प्रतियोगिता रहेका अध्यक्ष ठकुरीले जानकारी दिए ।
उनले म्याराथनमा सहभागी हुन चाहने जो सुकैले आफू बसेकै ठाउँबाट वेभसाइट मार्फत आफ्नो नाम दर्ता गर्न सक्ने ब्यवस्था मिलाएको बताए । ‘सात वटै प्रदेशबाट सहभागी गराउने हाम्रो लक्ष्यमा बेभसाइटले मद्दत गर्ने विश्वास गरेका छौँ,’ उनले भने, ‘बेभसाइटको सहायतामा म्याराथनको गतिविधिबारे अपटेड हुन पाइनेछ ।’
म्याराथनलाई यसपाली पनि केएल दुगड ग्रुपको उत्पादन धारा तेलले मुख्य प्रायोजन गरेको छ । त्यसैगरि, आशिर्वाद पेन्ट्स, शिखर प्लाई, राष्ट्रिय बाणिज्य बैंक, फोन पे ले पनि सह–प्रायोजन गरेका छन् ।

Previous articleटेँर्रा थरका थारुले आज आफ्ना पितृलाई दसैँको पिट्टर दिँदै
Next articleइन्द्रपुरका ४६ परिवार कुच्बधिया खुला ठाउँमा शौच गर्न बाध्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here