बाँके सिडिओ गेलालको सरुवा, उपसचिव सूर्य खत्री बाँकेको कामु सिडिओ

बाँके, २३ असोज, २०७८ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार गरेको चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवामा उनी पनि परेका हुन् ।
गेलालको ठाउँमा उपसचिव सूर्य खत्री आउने भएका छन् । खत्रीलाई कामु सिडिओको रुपमा पठाइएको छ । उनी गत महिनामात्र उद्योग मन्त्रालयबाट गृहमा आएका थिए ।
गृहले पर्सा, रौतहट र सुनसरीका सिडिओको पनि सरुवा गरेको छ । पर्सामा उमेश ढकाललाई पठाइएको छ । उनी सुनसरी सिडिओ थिए । रौतहटमा सिडिओका रूपमा कार्यरत इन्द्रदेव यादवलाई सुनसरीको सिडिओ बनाइएको छ ।
गृहले गत साता मात्र एक दर्जन जिल्लाका सिडिओ हेरफेर गरेको थियो ।

Previous articleकाँग्रेसबाट मन्त्री बन्ने गजेन्द्र हमाल बाँके जिल्लाकै पहिलो
Next articleटेँर्रा थरका थारुले आज आफ्ना पितृलाई दसैँको पिट्टर दिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here