टेँर्रा थरका थारुले आज आफ्ना पितृलाई दसैँको पिट्टर दिँदै

बाँके, २३ असोज, २०७८ ।


टेँर्रा थर भएका थारुहरुले आज तृतियाका दिन आफ्ना पितृको पूजा गर्दैछन् । यसलाई थारु जातीले ‘सराद’ भन्दछन् । सरादमा आफ्ना पूर्खालाई पाँच टपरी भात, माछा, मासको दाल र तरकारी चढाउने चलन छ । यसलाई ‘पिट्टर’ दिने भनिन्छ ।
पाँच मध्य चार टपरीको भात घरका पुरुष र कन्या केटीले खाने गरिन्छ । सवैभन्दा उत्तरतर्फ राखिएको भातमा देवताले भात खाएपछि दाँत कोट्याउनका लागि सिंका राखिएको हुन्छ । उक्त टपरीको भात खाइदैन ।
टेँर्रा थरका थारुले घटस्थापनाका दिन राखेको जमरा र बाबरी फुल पनि आफ्ना देवतालाई तृतियाका दिन चढाउँछन् । अन्य थारुले दसैँमा गर्ने कार्य मध्य अधिकांश कार्य तृतियाका दिन गर्छन् । ‘ढिक्री चढाउने बाहेक अरु सवै कार्य टेँर्रा थरका थारुले तृतियाका दिन गर्छौँ,’ दंगीशरण गाउँपालिका १, बैबाङका खड्गबहादुर चौधरीले भने ।
यो थरका थारुले द्वितियाका दिन नजिकैको ताल, नदी, पोखरी, कुलो वा नहरमा गएर सराद दिनका लागि माछा मार्छन् । यसलाई थारु भाषामा ‘कुल्वा मर्ना’ भनिन्छ । सोही दिन मारेका माछा तृतियाका दिन आफ्ना पितृलाई दिइन्छ ।

Previous articleबाँके सिडिओ गेलालको सरुवा, उपसचिव सूर्य खत्री बाँकेको कामु सिडिओ
Next articleसातौँ नेपालगन्ज म्याराथन ४ मंसिरमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here