जमुनाह प्रहरीको सक्रियता : पाँच लाख २२ हजारको अवैध सामान बरामद

बाँके, २२ असोज, २०७८ ।


इलाका प्रहरी कार्यालय जमुनाहले ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ । विशेष सूचनाको आधारमा अवैध नाकाबाट ल्याउँदै गरेको कपडा, मेसिनरी सामान र सुपारी बरामद गरि नेपालगन्ज भन्सार कार्यालयलाई बुझाइएको सई मिनबहादुर विष्टले जानकारी दिए ।
उनले पाँच लाख २२ हजार तीन सय १० रुपैँया बराबरको अवैध सामान बरामद गरि भन्सार कार्यालयमा बुझाएको बताए । उनका अनुसार अवैध बाटो प्रयोग भारत लैजाँदै गरेको ५४ हजार मूल्य बराबरको १२० किलो सुपारी मरामद गरिएको बताए ।
त्यसैगरि, जमुनाह प्रहरीले ९४ हजार पाँचसय मूल्य बराबरको कुर्ती सेट, ६५ हजार मूल्यको पाइन्टको कपडा, ५२ हजार ६५० मूल्य बराबरको पुरुषले लगाउने सर्टको काचो कपडा पनि बरामद गरि भन्सार कार्यालयलाई बुझाएको उनले बताए । उनका अनुसार, १७ हजार रुपैँया बराबरको कोटको कपडा र २० हजार मूल्य पर्ने मेटल साइकल समेत बरामद गरि भन्सार कार्यालयमा बुझाएको जानकारी दिए ।
चाडपर्वका बेला अवैध चोरी निकासी हुन सक्ने सम्भावनालाई मध्यनजर गरि नाकामा कडाई गरिएको सई विष्टले जिकिर गरे । ‘मुख्य नाकासँगै सहायक नाकामा पनि प्रहरी परिचालन गरि कडाई गरिएको छ,’ उनले भने, ‘नाकामा हुने अवैध चोरी निकासी रोक्न प्रहरी चनाखो भएर काम गरिरहेको छ ।’
उनले भारतबाट आउने नेपालीलाई सहज रुपमा नेपाल प्रवेश गर्ने बातावरण मिलाइएको बताउँदै आतिसबाजी तथा पटाकाजन्य बस्तु प्रवेश गर्न नदिने जमुनाहमा खटिएका प्रहरीलाई निर्देशन दिएको स्पष्ट पारे । प्रशासनको निर्देशनमा जमुनाह प्रहरीले भारतबाट चिसो पेय पदार्थ ल्याउन समेत निषेध गरेको विष्टले जानकारी दिए ।

Previous articleथारु जातीको दसैँ : ‘सख्या’ नाच र धार्मिक तथा सांस्कृतिक महत्व (फोटो फिचर सहित)
Next articleकाँग्रेसबाट मन्त्री बन्ने गजेन्द्र हमाल बाँके जिल्लाकै पहिलो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here