पत्रकारलाई दुब्र्यवहार गर्ने वडा अध्यक्षसहित संलग्नलाई कारवाहीको माग

बाँके, १८ असोज ।


जानकी गाउँपालिका २ का वडा अध्यक्ष चन्द्रीकाप्रसाद गुप्तता नेतृत्वको समुहले पत्रकार माथि गरेको दुब्र्यवहार प्रति पत्रकारसँग सम्बन्धित विभिन्न संघ संगठनले निन्दा गरेका छन् । नेपाल पत्रकार महासंघ बाँके, प्रेस चौतारी नेपाल, प्रेस युनियन, अवधि पत्रकार संघ लगायतले विज्ञप्ती जारी गरि पत्रकारद्वय जावेद अहमद शाह र रविन्द्र घिमिरे माथि भएको दुब्र्यवहारको घोर निन्दा गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् ।
वडा कार्यालयले दिँदै आएको काम प्रति असन्तुष्टि जनाउँदै स्थानीयले वडा कार्यालयमा गरेको तालावन्दीको समाचार संकलन गर्न पुगेका अनलाइन खोज खवरका प्रधान सम्पादक जावेद अहमद शाह र माउन्टेन टेलिभिजन बाँके सम्बाददाता घिमिरेलाई नियन्त्रणमा लिएर अध्यक्ष गुप्ताको समुहले दुब्र्यवहार गरेको पीडित पत्रकारले बताएका छन् ।
समाचार संकलनका लागि पुगेका पत्रकारलाई अध्यक्ष गुप्ताले आफ्ना आसेपासे लगाएर दुब्र्यवहार गरेको बताउँदै उनीहरुले प्रहरीले समेत अध्यक्षको समुहलाई सहयोग गरेको आरोप लगाएका छन् ।
महासंघ बाँकेका सचिव कमल डाँगीले विज्ञप्ती जारी गरि घट्नाको छानविन गरि दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन् । उनले समाचार संकलन गर्न गएका पत्रकारलाई नियन्त्रणमा लिएर समाचार संकलनमा अवरोध पुर्याउनु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको उल्लेख गरेका छन् ।
यसैगरि, प्रेस चौतारीको अध्यक्ष हेमन्त विकले विज्ञप्ती जारी गरि समाचार संकलनमा अवरोध पुर्याउने वडा अध्यक्ष सहित दुब्र्यवहार गर्ने ब्यक्तिको पहिचान गरि कानुन बमोजिम कारवाही गर्न माग गरेका छन् ।
नेपाल प्रेस युनियन बाँके अध्यक्ष अर्जुन ओली, अवधि पत्रकार संघका कार्यवहाक अध्यक्ष नन्दलाल साहु र प्रेस संगठनका अध्यक्ष डक्तप्रसाद धिताल लगायतले विज्ञप्ती जारी गरि घटनामा संलग्नहरुको खोजी गरि कारवाहीको माग गरेका छन् ।

Previous articleपूर्णरुपमा खुल्यो नेपालगन्ज नाका, आउजाउ गर्न थाले सवारी साधन
Next articleप्रथम वागेश्वरी नकआउट फुटवल प्रतियोगिता : भैरवप्रसाद गणको विजयी सुरुवात

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here