पूर्णरुपमा खुल्यो नेपालगन्ज नाका, आउजाउ गर्न थाले सवारी साधन

बाँके, १७ असोज, २०७८ ।


लकडाउनका बेला बन्द भएको नेपालगन्ज नाका आइतवारबाट पूर्ववत रुपमा संचालनमा आएको छ । सीमास्थित दुवै देशका सुरक्षा अधिकारीको बैठकले नाकालाई पूर्ववत रुपमा संचालन गर्ने निर्णय गरेपछि यो नाकाबाट साना तथा यात्रुबाहक सवारी साधन समेत संचालनमा आएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए ।
उनले नेपालका साना तथा यात्रुबाहक साधनहरु अनुमति लिएर भारतको विभिन्न सहरमा जान थालेको बताए । आइतवार विहानैदेखि नाकाबाट सवारी साधन आउजाउ गर्न थालेको बताउँदै उनले दुवै देशका मोटरसाइकल र अटो रिक्सा पनि नाका भएर आउजाउ गर्न थालेको बताए ।
लकडाउन सुरु भएदेखि दुवै देशका सर्वसाधारणले मोटरसाइकल, अटो रिक्सा, जिप, कार, भ्यान आ–आफ्नो देशमा राखेर एकअर्काको देशमा जाने ब्यवस्था गरिएको थियो । ‘नेपालगन्ज नाका लकडाउन अघिको अवस्थामा फर्किएको छ । संचालन अनुमति लिएर दुवै देशका सवारी साधन निर्वाध रुपमा एक अर्को देशमा संचालन हुन थालेको छ,’ प्रमुख भन्सार अधिकृत भण्डारीले भने ।
गाडी लिएर आउने भारतीयले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनु पर्ने प्रावधान बनाइएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए । उनले पिसिआर रिपोर्ट नभएका भारतीयलाई प्रवेश अनुमति नदिइने बताए । भारतीयको सुविधाको लागि नाकामा सुविधा शाखा संचालनमा ल्याइएको छ,’ उनले भने ।
आइतबार पहिलो दिन २०–२२ वटा भारतीय गाडी नेपाल आएको र ७–८ टा नेपाली गाडी भारत गएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सई मिनबहादुर विष्टले बताए । उनले पहिलो दिन भएकोले रेकर्ड राख्ने काम नभएको बताउँदै भन्सार कार्यालयले पूर्णरुपमा इजाजत नदिएको बताए । ‘नेपालगन्जसम्म जानका लागि मात्र भन्सार कार्यालयले इजाजत दिएको छ,’ उनले भने ।

Previous articleकोरोना जाँचका नाममा नेपालीलाई नाकामा सास्ती, रिपोर्ट लिन तीन घण्टा कुर्नुपर्ने बाध्यता
Next articleपत्रकारलाई दुब्र्यवहार गर्ने वडा अध्यक्षसहित संलग्नलाई कारवाहीको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here