क्यान्सर अस्पतालको एक महिने निशुल्क स्तन क्यान्सर शिविर आजबाट सुरु


खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले १ अक्टोवर, २०२१ देखि एक महिनासम्म स्तन क्यान्सरको निशुल्क जाँच तथा उपचार गर्ने भएको छ । एक महिने अभियान अन्तरगत क्यान्सर अस्पतालले बाँके, बर्दियाका पालिकामा स्तन क्यान्सर सम्बन्धि निशुल्क जाँच तथा उपचार शिविर संचालन गर्ने भएको छ । पहिलो शिविर १६ असोजका दिन बर्दियाको बढैयाताल गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने भएको छ ।
स्तन क्यान्सरको समस्या बढ्दै गएपछि अस्पतालले एक महिनासम्म निशुल्क सेवा दिने निर्णय गरिएको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले बताए । उनले ओपिडी विभाग मार्फत स्तन क्यान्सरको खोज पड्तालका लागि एक महिने अभियान संचालन गरिएको बताए । ‘एक महिनासम्म क्यान्सर अस्पतालमा जाँच तथा उपचार सेवा दिइने छ नै स्तन क्यान्सर खोज पड्तालका लागि शनिवार बाँके र बर्दियाका पालिकामा शिविर संचालन गरि निशुल्क जाँच तथा उपचार सेवा दिइने छ,’ डा. आचार्यले भने ।
अस्पतालले यस अघि पाठेघर क्यान्सर र मुटु रोग सम्बन्धि निशुल्क शिविर संचालन गरेको थियो भने रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिसकेको छ । स्तन क्यान्सर सम्बन्धि पालिकामा संचालन गरिने निशुल्क शिविरमा गएर जाँच गराउन निर्देशक आचार्यले सवैसँग आग्रह गरेका छन् । ‘पायक पर्नेले शिविरमा र शिविरमा आउन नसक्नेले अस्पताल आएर सेवा लिन आग्रह गर्दछौँ,’ उनले भने ।

Previous articleभेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा रेडियोलोजिष्ट डा. चन्द नियुक्त
Next articleबागेश्वरी नकआउट फुटवल प्रतियोगितामा रोयलको फराकिलो जीत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here