भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा रेडियोलोजिष्ट डा. चन्द नियुक्त

बाँके, १४ असोज, २०७८ ।


भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डनेन्टमा रेडियोलोजिष्ट डा. वीरेन्द्रबहादुर चन्द नियुक्त भएका छन् । उनी यसभन्दा पहिले पनि मेडिकल सुपरिटेन्डेन्ट भईसकेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै मेसुका लागि बालरोग विशेषज्ञ डा. पिदाम्बर सुवेदी र उनको चर्चा चलेको थियो । सुवेदीलाई पछाडी पार्दै चन्द मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका हुन् ।
भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अहिले डा. प्रकाशबहादुर थापा छन् । चन्द नियुक्त भएको समाचार बाहिर आए पनि आधिकारिक जानकारी आइनसकेको अस्पताल प्रशासनले जनाएको छ ।

Previous articleभारतबाट फर्किदै गरेका नेपालीसँग रकम असुल्ने प्रहरीका नाइके जमुनाहका सईलाई उन्मुक्ति दिएकोमा बाँके प्रहरीको चर्को आलोचना
Next articleक्यान्सर अस्पतालको एक महिने निशुल्क स्तन क्यान्सर शिविर आजबाट सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here