चाडपर्वका बेला समस्या परे तत्काल जानकारी गराउन बाँके प्रहरीको अनुरोध (कुन-कुन नं. मा फोन गर्न सकिन्छ ?)

बाँके, १२ असोज, २०७८ ।


बाँके प्रहरीले चाडपर्व लक्षित अभियान संचालन गरेको छ । दसैँ, तिहार, छठ, नेपाल सम्बत् जस्ता पर्वमा हुने सडक दुर्घटना, चोरी, झैझगडा लगायत अपराधिक गतिविधिलाई मध्यनजर गरि अभियान संचालन गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।
यात्रा गर्दा अपरिचित ब्यक्तिले दिएको खाने कुरा नखान, मादक पदार्थ सेवन गरि सवारी साधन नचलाउन र समाजमा हो–हल्ला नगर्न प्रहरीले अनुरोध गरेको छ । ‘यात्रा गर्दा कुनै समस्या परेमा नजिकैको प्रहरी कार्यालय, ट्राफिक प्रहरी वा जिल्ला प्रहरी कार्यालयको पैँसा नलाग्ने १०० नं. मा फोन गरि सहयोग लिन अनुरोध छ,’ बाँके प्रहरीले जनहितमा जारी सन्देशमा उल्लेख छ । ‘कन्ट्रोल रुपमा पैँसा नलाग्ने १०० नं. र ९८५८०९०११० का साथै प्रहरी संचार कक्षको ९८५८०९०९५५ तथा बाँके प्रहरी प्रमुखको ९८५८०५५५५५ मा सिधै सम्पर्क गर्न सूचीत गरिन्छ,’ प्रहरी प्रवक्ता न्यौपानेले जारी गरेको सूचनामा उल्लेख छ ।
घर, टोल र बाटोघाटोमा शंकास्पद ब्यक्ति देखिए प्रहरीलाई खवर गरि शान्ति, सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गर्दै प्रहरीले लामो समयसम्म घर छोड्नु पर्ने भएमा नजिकैको छिमेकी वा नजिकैको प्रहरीलाई जानकारी गराउन पनि भनिएको छ । चाडपर्वका अवसरमा अनावश्यक गरगहना प्रदर्शन नगर्न र एक्लै हिड्डुल नगर्न प्रहरीले सुझाव दिएको छ ।
धेरै पैँसा नबोक्न र बैँकबाट पैसा निकाल्न जाँदा सुरक्षा अपनाउन सुझाव दिँदै जुवातास नखेल्न, आतिसबाजी, पटाका, प्रज्ज्वलनशील बस्तु नपड्काउन सर्वसाधारणसँग अनुरोध गरेको छ । ‘उद्योगपति, ब्यापारी र राजमार्गमा चल्ने सवारी साधनसँग आर्थिक सहयोगको नाममा चन्दा नमाग्न र चिठ्ठा जस्ता गैरकानुनी कार्य नगरौँ,’ प्रहरीले भनेको छ ।
साथै, कोभिड–१९ लाई मध्यनजर गरि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि चाडपर्व मनाउन र भीडभाडमा जाँदा मास्कको प्रयोग तथा बेलाबखत सेनिटाइजरको प्रयोग गर्न प्रहरीले सुझाएको छ ।

Previous articleथारु समुदायका यूवायूवतीले दसैँमा नाच्ने सख्या नाच (भिडियो सहित)
Next articleभारतबाट फर्किदै गरेका नेपालीसँग रकम असुल्ने प्रहरीका नाइके जमुनाहका सईलाई उन्मुक्ति दिएकोमा बाँके प्रहरीको चर्को आलोचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here