काँग्रेस दाङ अधिवेशनः तुल्सीपुरमा पनि दीपक गिरि प्यानलका सुरेश हमाल सभापतिमा निर्वाचित

बाँके, १० असोज, २०७८ ।


नेपाली काँग्रेस तुल्सीपुर नगर सभापतिमा यूवा नेता सुरेश हमाल निर्वाचित भएका छन् । हमालले प्रतिष्पर्धी अनिल कार्कीलाई भारी मत अन्तरले पराजित गरेका हुन् । हमालले तीन सय ६८ मत प्राप्त गर्दा प्रतिष्पर्धी कार्कीले दुई सय ८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । एक जना उपसभापति बाहेक सबै पदमा हमाल नेतृत्वको प्यानल निर्वाचित भएको छ ।
उपसभापतिमा हमाल प्यानलका बिनिल केसी तीन सय ५९ मत प्राप्त गरि विजयी भए । त्यस्तै उपसभापतिमा कार्की प्यानलका गौरब सुबेदीले दुई सय ८५ मत प्राप्त गरि बिजयी भएका छन् । कार्की प्यानलबाट पदाधिकारी जित्ने सुवेदी एक्ला उम्मेदवार हुन् ।
त्यस्तै सचिवमा बिमल पौडेलले तीन सय २९ मत र सुशील ओलीले दुई सय ७५ मत प्राप्त गरि विजयी भएका छन् । त्यस्तै सहसचिवमा शेषमणि भण्डारीले तीन सय ५१ मत र झनकबहादुर बस्नेतले तीन सय ३० मत प्राप्त गरि निर्वाचित भएका छन् । तुल्सीपुरमा पाँच सय ९३ मतदाता रहेकोमा पाँच सय ९१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

Previous articleकाँग्रेस दाङ अधिवेशन : पश्चिम दाङमा दीपक गिरिको वर्चश्व
Next articleआ-आफ्नो तरिकाको स्वास्थ्य मापदण्ड अपनाउँदै बाँकेका विद्यालय संचालन (कुन पालिकाले के गरेका छन् ?)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here