भारतबाट ल्याउँदै गरेका राँगा प्रहरीद्वारा नियन्त्रण

बाँके, ९ असोज, २०७८ ।


बाँकेबाट गाई, गोरु तस्करी हुने गरेको समाचार बेलाबखत आउने गरेको छ । बाँकेबाट झापा हुँदै गाई, गोरु बंगलादेश पुर्याइन्छ भन्ने पनि सुनिन्छ । तर, भारतबाट नेपालमा राँगा तस्करी हुने गरेको छ । बाँके प्रहरीले बेलाबखत तस्करीका राँगा नियन्त्रणमा लिएपछि भारतबाट बाँकेमा राँगा तस्करी हुन्छ भन्ने प्रमाणित भएको छ ।
बाँके प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको राँगा ९ असोजमा नेपालगन्ज उपमहानगरपालिका–१ बााट नियन्त्रणमा लिएको छ । भारतबाट राँगा ल्याइरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले एक लाख ५० हजार मुल्य पर्ने ६ वटा राँगा नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
नियन्त्रणमा लिएको राँगा आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

Previous articleबन्यजन्तु ओसार पसारका फरार कसुरदार पक्राउ
Next articleकाँग्रेस दाङ अधिवेशन : पश्चिम दाङमा दीपक गिरिको वर्चश्व

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here