बाँके, ८ असोज, २०७८ ।
बाँके प्रहरीले बन्यजन्तु ओसार–पोसार मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ । बन्यजन्तु ओसार–पोसार मुद्दामा बाँके जिल्ला अदालतले १२ असार, ०७३ मा ११ महिना १० दिन कैद सजाय तोके पनि फरार रहेका राप्तीसोनारी गाउँपालिका –९ का ४४ वर्षीय मनिराम थारु र सोही ठाउँका ४३ वर्षीय धनिराम थारुलाई पक्राउ गरेको हो ।
उनीहरु फैसला आएदेखि फरार थिए । विशेष सूचनाका आधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिहीबार पक्राउ गरि अदालतमा बुझाएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।