काँग्रेसको अधिवेशन अन्यौल, तर अधिवेशन मार्फत धमाधम चुनिदै राप्रपाका प्रतिनिधि

बाँके, ०७ असोज, २०७८ ।


सदस्यता विवादका कारण नेपाली काँग्रेस बाँकेको वडा अधिवेशन अन्यौलमा छ । अन्य जिल्लामा धमाधम वडा, नगर, पालिका र क्षेत्रीय अधिवेशन भए पनि बाँकेमा कहिले हुने टुंगो छैन । तर राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा, क्षेत्रीय र पालिका अधिवेशनमार्फत धमाधम प्रतिनिधि चुनिदै छन् । अहिलेसम्म क्षेत्र नं. १ र २ को सम्पूर्ण तहको अधिवेशन सकिएको राप्रपाले जनाएको छ ।
राप्रपा नेता चेतबहादुर घर्तीका अनुसार अहिलेसम्म क्षेत्र नं. १ र २ को सम्पूर्ण अधिवेशन सकिएको छ । भर्खरै सम्पन्न नगर अधिवेशनले नेपालगन्ज उपमहानगरपालिकाको अध्यक्षमा मनोज श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।
त्यसैगरि, राप्रपा कोहलपुर नगरपालिकाको अध्यक्षमा अर्जुनजङ्ग शाह निर्वाचित भएका छन् । भने, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा भूपेन्द्रबहादुर खत्री र डुडुवा गाउँपालिकाको अध्यक्षमा रामधनी यादव चयन भएका छन् ।
राप्रपाको प्रदेश १ क को अध्यक्षमा देवेन्द्र पौडेल र प्रदेश १ ख को अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले जानकारी दिए । उनका अनुसार, प्रदेश २ क को अध्यक्षमा दीपक चौधरी निर्वाचित भएका छन् । चौधरीले अर्का प्रतिद्वन्द्वी मनोज तिवारीलाई ५ मतले पछाडी पारे । चौधरीले २३ र तिवारीले १८ मत पाए ।
प्रदेश २ ख को अध्यक्षमा मोहम्मद सफिक बेहना निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी गौरव चन्दलाई १३ मतले पछि पार्दै जित हासिल गरेका हुन् । बेहनाले ३७ र चन्दले २४ मत प्राप्त गरेको देवकोटाले बताए ।
प्रदेश १ क अन्तरगत पर्ने नरैनापुर गाउँपालिका र क्षेत्र नं. ३ मा अधिवेशन गर्न बाँकी रहेको राप्रपा बाँकेका सचिव रुद्रमणी न्यौपानेले जानकारी दिए । उनले बाँकी ठाउँमा पनि चाँडै अधिवेशन गरि प्रतिनिधि चयन गरिने बताए ।

Previous articleतट्बन्ध जोगाउन राप्ती नदी तटिय क्षेत्रमा रोपियो ६६ हजार विरुवा
Next articleडुडुवाका विद्यालय आइतवारदेखि संचालनमा आउने, कक्षा कोठा सफा र स्वच्छ बनाउन स्प्रे गर्न सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here