बाँके, ०६ असोज, २०७८ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगन्ज आउने भएका छन् । काठ्माडौँबाट बुधवार विहान आएर उनी सिधै बर्दिया जाने र दिउँसो २ बजे नेपालगन्जमा हुने जिल्लास्तरिय बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले बाँके अध्यक्ष निरक गुरुङले बताए ।
भुजई गाउँस्थित होटल सिद्धार्थ भ्यूमा हुने बृहद भेलाको सम्पूर्ण तयारी पूरा भएको उनले बताए । ‘विहान बर्दिया जानु हुन्छ । उताबाट फर्किएर दिउँसो २ बजे बाँकेका कार्यकर्तालाई सम्बोधन गर्नुहुने छ,’ अध्यक्ष गुरुङले भने ।
ओलीको स्वागतका लागि दुई सय मोटरसाइकल नेपालगन्जबाट र एक सय ५० मोटरसाइकल कोहलपुरबाट बर्दिया जाने तयारी छ । बर्दियाबाट पनि एक सय ५० मोटरसाइकल नेपालगन्ज ल्याउने तयारी एमाले बर्दियाले गरेको उनले बताए ।