सुशील कोइराला क्यान्सर अस्पतालमा पाठेघर र मुटुरोगको शिविर संचालन

बाँके, २ असोज, २०७८ ।


खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले पाठेघर र मुटु रोग सम्बन्धि एक दिने शिविर संचालन गरेको छ । पछिल्लो समय महिलामा पाठेघर र खानपान तथा रहनसहनमा आएको परिवर्तनका कारण सानो उमेरका ब्यक्तिमा समेत मुटुरोगको समस्या देखिन थालेपछि शिविर संचालन गरिएको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले बताए ।
उनले पाठेघरको समस्या देखिएका विरामीको निशुल्क स्वास्थ्य परामर्शका साथै उपचार गरिएको बताए । शिविरमा मुटुरोग र पाठेघरका झण्डै पाँच सय विरामीलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
शिविर उद्घाटन कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसी, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मकुमार कक्षपति, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भीम ओली लगायतको सहभागिता रहेको थियो ।

Previous articleशुक्रवारदेखि बर्दिया राष्ट्रिय निकुञ्ज खुला
Next articleदंगीशरण गाउँपालिकामा पहिलो पटक भिडियो एक्स–रे सेवा सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here