शुक्रवारदेखि बर्दिया राष्ट्रिय निकुञ्ज खुला

बाँके, ३१ भाद्र ।


कोरोना संक्रमण दर घटेपछि बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर निकुञ्ज प्रवेश खुला गर्न लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
उनले जङ्गल सफारी, ¥याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको बताए । पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतिक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथ प्रदर्शकसहित तीन जना मात्र जान पाउने लगायतका मापदण्ड अवलम्बन गरिएको उनले बताए ।

Previous articleधमाधम बालविवाह मुक्त घोषणा गरिँदै बाँकेका स्थानीय तह
Next articleसुशील कोइराला क्यान्सर अस्पतालमा पाठेघर र मुटुरोगको शिविर संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here