धमाधम बालविवाह मुक्त घोषणा गरिँदै बाँकेका स्थानीय तह

बाँके, ३० भाद्र, २०७८ ।


बाँकेका विभिन्न वडा र स्थानीय तहलाई बाल विवाह मुक्त घोषणा गर्ने होडवाजी चलेको छ । २६ भाद्रमा नरैनापुर गाउँपालिका वडा नं. ६ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले बताए । ‘हरेक वडामा क्रमशः बालविवाह न्यूनिकरण गर्दै लैजाने र बालविवाह मुक्त घोषणा गर्ने गाउँपालिकाको योजना छ,’ उनले भने । उक्त वडा बालविवाह मुक्त घोषणा हुने पहिलो हो ।
बालविवाह २० प्रतिशतभन्दा कममा झरेपछि मुक्त घोषणा गर्ने सरकारी नीति छ । ‘नरैनापुरलाई बालविवाह मुक्त गर्न धेरै चुनौती छ, तर हामीहरु प्रयासरत छौँ,’ बस्नेतले भने ।
राष्ट्रिय बाल दिवसको अवसरमा २९ भाद्रमा जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको छ । सिंगो गाउँपालिकामा बालविवाह गर्नेको संख्या २० प्रतिशत भन्दा कम भएपछि गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताइन् । उनले घोषणालाई कार्यान्वयन गर्न निरीक्षण र अनुगमन गरिने बताइन् । ‘हाम्रो गाउँपालिकामा मधेसी, मुस्लिम समुदायको बाक्लो उपस्थिति छ, तर सवैको साथ र सहयोगले बालविवाह न्यूनिकरण गर्न हामी सफल भएका छौँ । अव यसलाई निरन्तरता दिन नियमित अनुगमन र निरीक्षण गर्ने छौँ,’ उनले भनिन् । जानकी बालविवाह मुक्त हुने बाँकेको पहिलो पालिका हो ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा भएको प्रमाणपत्र कार्यवाहक अध्यक्ष भूमिसरा धिताललाई प्रदान गर्नुभएको थियो ।
सो सभामा बोल्दै जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले मधेसी समुदायको बाहुल्यता रहेको जानकीले कुरितिजन्य बालविवाह विरुद्ध सह्रानिय काम गरेको बताउँदै छुट्टै पहिचान बनाएको बताए । उनले आगामी फागुनसम्म जिल्लालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी रहेको बताए ।
गाउँपालिकामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष शिवलाल पाण्डेले बताए ।
बैजनाथ गाउँपालिकाले पनि बालविवाह मुक्तको तयारी थालेको छ । गाउँपालिकालाई नै बालविवाह मुक्त घोषणाको तयारी गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले बताए ।

Previous articleअट्वारीको ‘फह्रार’ गरि चेलिबेटीलाई आज ‘अग्रासन’ दिँदै थारु समुदाय
Next articleशुक्रवारदेखि बर्दिया राष्ट्रिय निकुञ्ज खुला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here