अट्वारीको ‘फह्रार’ गरि चेलिबेटीलाई आज ‘अग्रासन’ दिँदै थारु समुदाय

बाँके, २८ भाद्र, २०७८ ।


‘अट्वारी’ को दोस्रो दिनलाई थारु समुदायले फह्रार भन्दछन् । अट्वारीको ब्रत बस्ने पुरुषहरु विहानै उठेर नजिकैको नदी, खोलामा गएर नुहाउँछन् । नुहाइसकेपछि बैठक कोठलाई लिपपोत गरि तीन, पाँच या सात थरिका तरकारी पकाउँछन् । तरकारीमा चना, मटर, केराउ, सिल्टुङको तरकारी अनिवार्य हुन्छ । फह्रार गर्नका लागि पोइँको पातको तरकारी पनि प्रायःजसोले बनाउने गर्दछन् ।
यी विभिन्न थरिका तरकारी र भात टपरीमा राख्ने र आधा भाग आफ्ना चेलीबेटीका लागि अर्को टपरीमा राखिन्छ । र, सवै थरिका तरकारी र भात अलिकती झिकेर आगोलाई चढाइन्छ । यसलाई नै थारु समुदायले फह्रार कर्ना भन्दछन् ।
ब्रत बसेका सवैले फह्रार गरिसकेपछि घरका सवैजना सँगै बसेर भात खान्छन् । अट्वारीको बेलुकीपख चेलिबेटीका लागि छुट्याइएको अग्रासनको रोटी र सोमवार विहान गरिएको फह्रारको भात तथा तरकारी आफ्नो विवाहित चेलीबेटीलाई अग्रासनको रुपमा दिने चलन छ ।
अग्रासनको पर्खाईमा चेलीबेटी
थारु समुदायले अट्वारीको रोटीपुरी र तरकारी, भात आफ्ना चेलीबेटीलाई दिने गर्दछन् । यसलाई थारु समुदायले अग्रासन भन्छन् । परापूर्व कालदेखि नै अग्रासन दिने गरिएकोले विवाहित चेलीबेटीहरु अग्रासनको पर्खाईमा हुन्छन् । जबसम ‘अग्रासन’ दिन दाजुभाई, काका, बाबा आउँदैनन् तबसम्म पर्खेर बसेका हुन्छन् । ‘अग्रासन दिन नआउँदासम्म केहि नखाएर चेलीबेटी बसेका हुन्छन्,’ थारु अगुवा एकराज चौधरीले भने, ‘अघिपछिको भन्दा अट्वारीको अग्रासनको चेलिबेटीले महत्व मान्दछन् । अग्रासन दिन नजाने हो भने पीर मान्दछन् । अघिपछिको भन्दा चेलीबेटीलाई यसको आशा बढि हुन्छ ।’

Previous articleथारु समुदायले आइतवार किन मनाउँछन् अट्वारी ? अट्वारीको धार्मिक र सांस्कृतिक महत्व के छ ?
Next articleधमाधम बालविवाह मुक्त घोषणा गरिँदै बाँकेका स्थानीय तह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here