सिआइवीको इन्स्पेक्टर हुँ भन्दै धम्क्याउने युवक कोहलपुरबाट पक्राउ

बाँके, २० भाद्र, २०७८ ।


केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइवी) को प्रहरी निरीक्षक भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने युवकलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका ११ स्थित बसपार्क आसपासमा रहेका होटल तथा पसलेलाई आफू सिआइवीको प्रहरी निरीक्षक भएको भन्दै अनावश्यक रुपमा दुख दिने दार्माकोट गाउँपालिका २, सल्यानका ३२ बर्षिय दीपेन्द्र रोकायलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसदन न्यौपानेले बताए ।
बसपार्कका होटल र पसलेलाई धम्क्याउने क्रममा रोकायलाई पक्राउ गरिएको उनले बताए । उनले सिआइवीको नक्कली परिचय पत्र समेत बनाएको प्रहरीले जनाएको छ । सिआइवीको इन्स्पेक्टर हुँ भन्दै स्थानीयलाई अनावश्यक दुख दिएको जनगुनासोको आधारमा पुगेको प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ,’ डिएसपी न्यौपानेले भने ।

Previous articleअहिलेसम्म बाँकेका दुई वडा सदस्यले मात्र रोजे एकिकृत समाजबादी
Next articleबाँकेका एक वडा अध्यक्षसहित ११ जनाले मात्र रोजे एकिकृत समाजबादी, नाम सार्वजनिक गर्न निर्वाचन कार्यालयद्वारा इन्कार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here