बाँके काँग्रेसको नेतृत्वका लागि को–को छन् आकांक्षि ?

बाँके, १९ भाद्र, २०७८ ।


देशमा यतिबेला नेपाली काँग्रेसको १४ औं महाधिवेशनको सरगर्मी छ । जिल्ला–जिल्लामा वडा र पालिका स्तरिय नेतृत्व चयन भइरहेको छ । महाधिवेशनका सरगर्मीले बाँके काँग्रेसलाई पनि छोएको छ । पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति स्व. सुशील कोइरालाको गृह जिल्लामा पार्टी सभापतिका लागि दावेदारी गर्नेको संख्या अधिक छ । यहाँ दुई समूहका आठ जना आकांक्षी देखिएका छन् ।
पौडेल–कोइराला क्याम्पबाट नारायण गौडेल, सुनील नरसिंह राणा र ज्ञानु केसी प्रमुख दाबेदारका रुपमा देखिएका छन् । यसैगरि, देउवा समुहबाट निरञ्जन सिंह सिजापति, बादशाह कुर्मी, लक्ष्मीनारायण शाह र राजकुमार बर्माले दाबी गरेको श्रोतले जनाएको छ । देउवा समुहबाटै पूर्व सभापति कृष्णमान श्रेष्ठको पनि चर्चा छ । उनलाई सर्वसम्वत सभापति बनाउने गरि एउटा समूह सक्रिय छ ।
तीन संघीय निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन क्षेत्र नं. १ बाट देउवा समुहका वर्तमान क्षेत्रीय सभापति माधवराम खत्रीले फेरि दावी गरेका छन् । क्षेत्र नं. १ बाटै कोइराला समुहका पोषण केसीको चर्चा छ । उनी नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् । कोइराला समूहकै डिल्ली गिरिले पनि आकांक्षा देखाएका छन् । उनी क्षेत्र नं. १ का सचिव हुन् ।
नेपालगन्ज उपमहानगरसमेत रहेको निर्वाचन क्षेत्र नंं. २ मा कोइराला खेमाबाट राजकुमार साहु र देउवा समूहबाट तरुण दल बाँकेका अध्यक्ष समेत रहेका वीरेन्द्रबहादुर शाह र वर्तमान सभापति रमेश गुप्ताको चर्चा छ ।
बाँके क्षेत्र नंं. ३ मा देवबहादुर खत्री, नक्की खाँ र प्रकाश शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।
नेपालगन्ज उपमहानगर सभापतिमा नेपालगन्ज उपमहानगरकी उपमेयर उमा थापा मगर कोइराला क्याम्पबाट दाबी गरिरहेकी छन् । यस्तै देउवा क्याम्पबाट प्रशान्त विष्ट र बिनोद रिजालको दाबी रहेको छ । विष्ट अहिले पनि सभापति हुन् ।
यसैगरि, कोहलपुर नगरपालिकामा कोइराला खेमाबाट बिरेन्द्र शाह र टेकनारायण भुषाल आकांक्षि भएको काँग्रेस श्रोतले जनाएको छ । देउवा समुहबाट राजेन्द्र श्रेष्ठ मैदानमा उत्रन तयारीमा छन् ।

Previous articleखजुराका विद्यालय आइतवारबाट सुचारु गर्ने निर्णय
Next articleएमालेमै बस्ने बैजनाथका निर्वाचित जनप्रतिनिधिको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here