सामाजिक दायित्व निभाउँदै कान्ति आरोग्य अस्पताल : कोभिडले आर्थिक समस्या झेल्दै आएका विरामीलाई निशुल्क स्वास्थ्य परामर्श सेवा

बाँके, १५ भाद्र, २०७८ ।


कोभिड–१९ लाई मध्यनजर गरि नेपालगन्जको धम्बोझीस्थित कान्ति आरोग्य हस्पिटलले निशुल्क स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ । कोभिड–१९ ले आर्थिक क्षेत्रमा असर पारेपछि रकम अभावमा कोही पनि गुणस्तरिय स्वास्थ्य सेवाबाट बञ्चित नहोउन भन्ने उद्देश्यले १ भाद्रदेखि स्वास्थ्य परामर्श निशुल्क गरिएको हस्पिटलका प्रवन्ध निर्देशक सन्दिप अग्रवालले बताए ।
उनले समय र परिस्थिति हेरेर निशुल्क परामर्शको समय बढाइने बताए । ‘हाम्रो अस्पतालले धान्न सक्ने गरि निशुल्क परामर्श सेवा बढाइने छ,’ उनले भने ।
कान्ति आरोग्य अस्पतालले थाल्सेमियाका विरामीको पनि निशुल्क उपचार गर्दै आएको छ । विशेष गरि थारु समुदायका ब्यक्तिमा देखिने थाल्सेमिया समस्या देखिएका विरामीलाई निशुल्क परामर्श र बेड शुल्कमा छुट गरिएको उनले बताए । ‘सामाजिक दायित्व अन्तरगत हाम्रो अस्पतालले कोरोनाका कारण आर्थिक समस्या झेलिरहेका विरामी र थाल्सेमियाका विरामीलाई निशुल्क परामर्श सेवा दिँदै आएको छ,’ अग्रवालले भने, ‘आर्थिक अभावमा स्वास्थ्य सेवाबाट बञ्चित गराउन हुँदैन भन्ने हाम्रो मान्यता हो । दैनिक १०–१५ जना बालबालिकाको निशुल्क स्वास्थ्य परीक्षण हुँदै आएको छ ।’
कान्ति आरोग्य हस्पिटलले विशेष गरि बालबालिकालाई स्वास्थ्य सेवा दिँदै आएको छ, तर हाड, जोर्नी तथा नसा रोग, यौन तथा छाला रोग, फिजिसियन लगायतका सेवा दिँदै आएको उनले बताए । उनका अनुसार, उक्त अस्पतालमा सवै रोगको परामर्श तथा उपचार हुने गरेको छ ।
बालबालिकालाई कोरोनाबाट जोगाउन स्वास्थ्य मापदण्ड पालना गरौँः डा. रोमा बोरा


उक्त अस्पतालमा हिजो आज सिजनल फ्लुका बालबालिका उपचारका लागि आउने गरेका छन् । पछिल्लो समय रुघाखोकी, निमोनिया, टाईफाइड, झाडापखाला जस्ता समस्या भएका बालबालिका उपचारका लागि आउने गरेको अस्पतालकी बालरोग विशेषज्ञ डा. रोमा बोराले बताइन् ।
उनले कोरोना लक्षण भएका बालबालिका पनि उपचारका लागि आउने गरेको बताउँदै अहिलेसम्म तीन जना बालबालिकामा कोरोना पुष्टि भएको जानकारी दिइन् । कोरोनाको लक्षणसँग मिल्ने बालबालिका उपचारका लागि आए पनि उनीहरुका अभिभावकले पिसिआर जाँच गराउन इन्कार गर्दै आएको उनको भनाई छ । ‘कोरोनासँग ठ्याक्कै मिल्ने लक्षण देखिए पनि डरका कारण बाबुआमाहरु कोरोना जाँच गराउन तयार हुँदैनन्,’ उनले भनिन् ।
उनले बालबालिकालाई कोरोनाबाट जोगाउन घर परिवारका सदस्यले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने औँल्याइन् । आफ्ना बालबालिकालाई कोरोनाबाट जोगाउन सुरक्षाको सम्पूर्ण मापदण्ड सवैले पालना गर्नुपर्ने उनको सुझाव छ । ‘बच्चालाई रुघाखोकी र कोरोनाबाट जोगाउन मास्क लगाउने, अति आवश्यक काम बाहेक बाहिर ननिस्कने, बेला–बेला साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने र आफ्नालाई पोषिलो तथा झोलिलो खाने कुरा खुवाउनु पर्छ,’ बालरोग विशेषज्ञ डा. बोराले भनिन् ।
त्यसैगरि, बालबालिकालाई नियमित भ्याक्सिन लगाउन सुझाव दिएकी छन् । उनले कोभिड संक्रमण भएकालाई निमोनिया हुने भएकोले इन्फ्लुएन्जा भ्याक्सिन लगाउन सुझाएकी छन् । ‘यो भ्याक्सिनले मौसमी रुघाखोकीबाट जोगाउँछ नै कोभिड भएकालाई निमोनिया हुनबाट पनि यसले जोगाउँछ,’ उनले भनिन् ।
कान्ति आरोग्य हस्पिटलले भेन्टिलेटर सहितको एम्बुलेन्स संचालनमा ल्याएको छ । भने, दसैँदेखि दुरविन प्रविधिबाट पित्त थैली र एपेन्डिक्स लगायत सम्पूर्ण किसिमको अप्रेशन गर्ने प्रविधि भित्र्याउन लागेको छ । ‘यो प्रविधिबाट अप्रेशन गर्ने नेपालगन्जमा पहिलो हो,’ प्रवन्ध निर्देशक अग्रवालले भने ।

Previous articleअमेरिकामा फेरि फैलियो कोरोना : बालबालिका बढी संक्रमित
Next articleराजापुर ६ का बरघरलाई मोवाइल सेट र सीम प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here