बाँके, १२ भाद्र, २०७८ ।
प्रचार प्रसार हुन नसक्दा बाँके राष्ट्रिय निकुञ्ज हेर्न आउने पर्यटकको संख्या बढ्न नसकेको सम्बद्धहरुले बताएका छन् । निकुञ्ज घुम्न आउनेहरुले प्रशस्त बन्यजन्तु, प्राकृतिक शौन्दर्यताका साथै स्थानीय संस्कृति हेर्न, विभिन्न परिकारको स्वाद लिन, हात्ती र जिप सफारी तथा ¥याफ्टिङ गर्न सकिने ब्यवस्था भए पनि प्रचार हुन नसक्दा निकुञ्ज ओझेलमा परेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए ।
निकुञ्जले शनिवार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले बाघ, घोरल, हात्ती, चितुवा, हरिण लगायतका बन्यजन्तु निकुञ्जमा हेर्न र देख्न सकिने बताए ।
बाँके निकुञ्जका बन्यजन्तु हेर्नका लागि हात्ती र जीप सफारीका साथै निकुञ्ज भित्र मचान बनाइएको उनले बताए । हात्ती सफारीका लागि बाँके राष्ट्रिय निकुञ्जले ६ वटा हात्ती ब्यवस्था गरेको प्रमुख संरक्षण अधिकृत शाहले बताए । उनले जीप सफारी र हाईकिङको समेत गर्न सकिने बताए । ‘पर्यटन प्रवद्र्धन गर्न सवै किसिमको प्रविधि र साधनको ब्यवस्था गरिएको छ,’ उनले भने, ‘हात्ती सफारी र जीप सफारीबाट बाघ, चित्तल, हरिण, हात्ती लगायतका बन्यजन्तु हेर्न र देख्न पाइन्छ ।’
बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गरि बर्षेनी २५ हजार पर्यटक आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जमा बार्षिक झण्डै दुई हजार पर्यटकमात्र आएको प्रमुख संरक्षण अधिकृत शाहले बताए । ‘नेपालमा आउने कुल पर्यटकको एक प्रतिशत मात्र बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउँछन् । बाँके निकुञ्ज गणनामा आउँदैन,’ तराई भू–परिधि कार्यक्रमका प्रमुख डा. रविन कडरियाले भने ।
बाँके राष्ट्रिय निकुञ्ज बबई र राप्ती नदीको वीचमा छ । यी दुई वटा नदीमा ¥याफ्टिङ गर्ने तयारी गरिएको छ । पर्यापर्यटनको विकास गर्न एक महिना भित्र ¥याफ्टिङको ब्यवस्था गर्न लागिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।
उनले चार वटा बोट खरिद संचालनको तयारी गरिएको स्पष्ट पारे । ‘तत्काल निर्णय गरेर राप्ती नदीमा ¥याफ्टिङको ब्यवस्था मिलाउने योजना छ,’ उनले भने ।
राप्ती नदीमा ¥याफ्टिङका लागि यस अघि नै परीक्षण भइसकेको छ ।