तीन महिनाभित्र बाँकेमा पर्यटन कार्यालय संचालनमा आउने

बाँके, १२ भाद्र, २०७८ ।


नेपाल पर्यटन बोर्डको कार्यालय बाँकेमा फेरि स्थापना हुने भएको छ । बाँके राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यशाला गोष्ठीमा नेपाल पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीले अवको तीन महिना भित्र बाँकेमा पर्यटन कार्यालय स्थापना भई कामकाज सुरु हुने आश्वासन दिए ।
उनले कोहलपुरमा रहेको पर्यटन कार्यालयलाई पुनः संचालनमा ल्याउने गरि काम अगाडी बढेको बताए । पर्यटन कार्यालय नहुँदा पर्यापर्यटन सम्बन्धि कामकाजमा समस्या भएको हामीले पनि महशुस गरेका छौँ । अवको तीन महिना भित्र कार्यालय स्थापना भई कामकाज सुरु हुन्छ,’ रेग्मीले भने ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले पर्यटन कार्यालयका लागि जमिन आवश्यक भए उपलब्ध गराउन उपमहानगर तयार रहेको बताए । उनले नेपालको पर्यटन प्रवद्र्धनमा नेपालीनै दुस्मन भएको जिकिर गरे । ‘टुरिजम प्रमोशनका लागि हामी आफै बाधक हौँ,’ उनले भने ।
गोरा छाला भएकालाई मात्र पर्यटक देख्ने नेपालीको बानीलाई परिवर्तन गर्नुपर्ने बताउँदै उनले दक्षिणमा रहेको भारत र उत्तरमा रहेको चीनलाई मध्यनजर गरि पर्यटन सम्बन्धि नीति बनाउन सुझाव दिए । ‘भारतीयलाई प्रोत्साहन नगर्दासम्म नेपालको पर्यटन माथि उठ्ने कल्पना समेत गर्न सकिदैन,’ उनले भने ।
गोरा छाला भएकाहरु भन्दा भारतीय पर्यटकले बढि खर्च गर्ने गरेको बताउँदै उनले भारतीय पर्यटकलाई सहजै नेपाल प्रवेश गर्ने बातावरण मिलाउनु पर्ने धारणा राखे । ‘एउटा भारतीय पर्यटकलाई नाकाबाट नेपालगन्ज छिर्न चार घण्टा लाग्छ । सहज रुपमा प्रवेश गर्न नपाउने हो भने पर्यटक नेपाल आउने कुरा हुँदैन,’ मेयर राणाले भने ।
पर्यटन बोर्डका सिईओ रेग्मीले पनि नेपालको पर्यटनलाई नेपालीले नै विगारेको आरोप लगाए । उनले नेपालले हिमाललाई मात्र पर्यटन क्षेत्रको रुपमा हेर्दा समस्या उब्जिएको बताए । ‘तराई र मध्य पहाडलाई पर्यटकीय क्षेत्रको रुपमा नजोड्ने हो भने पर्यटनको विकास सम्भव छैन,’ उनले भने ।

Previous articleबाघ हेर्न बाँके निकुञ्जमा हात्ती र जिप सफारीको ब्यवस्था, राप्ती नदीमा चाँडै र्याफ्टिङ गर्न पाइने
Next articleप्रहरीको अगुवाईमा बेतहनी बजारको पहिलो पटक सरसफाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here