जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रबार राति एक्कासी बिरामी भएका यादवको राति नै नेपालगन्ज नर्सिङ होममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पु¥याइएका यादवको राति एक बजे निधन भएको हो । विक्रम सम्वत् ०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनको दिउँसो १ बजे कोठारपुरमा अन्त्यष्टि गरिएको छ ।
उनलाई रक्त अल्पताको समस्याका साथै सुगरको समस्या थियो । रगत चढाए पनि नबढ्ने समस्या देखिएपछि उनी झण्डै एक महिनादेखि विरामी थिए । यादव नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।